कस्तो रहला आजको मौसम ? तराईमा सुरु भयो हुस्सु

१४ असोज ८३, बुधबार
Share this
715shares

१४ असोज , काठमाण्डौ।

Advertisement

मनसुनको न्यून चापीय रेखा हाल सरदर स्थानको आसपास रहेको र देशभर मनसुनी तथा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाको भनाइ ।

महाशाखाका अनुसार आज देशका हिमाली भू–भागमा आंशिक बदली तथा पहाडी र तराईका भू–भागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहने ।

Advertisement

तराई मधेसमा हुस्सु लाग्यो ।

दिउँसो देशभर आंशिक बदली रहदा कोसी र वाग्मती प्रदेशका हिमाली तथा पहाडी भू–भागका केही स्थानमा तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना ।

Advertisement

राति कोसी र वाग्मती प्रदेशका हिमाली तथा पहाडी भू–भागमा सामान्यतया बदली रहनेछ भने गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू–भागमा भने आंशिक बदली रहने पूर्वानुमान ।

देशका तराई भू–भागमा रातिको समयमा मौसम मुख्यतया सफा रहने ।

यद्यपि कोसी र वाग्मती प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top