भोटेकोशी बाढीः १,४५४ शव फेला, ४,७१८ बेपत्ताको खोजी जारी

१४ असोज ८३, बुधबार
Share this
721shares

१४ असोज , काठमाण्डौ।

Advertisement

भोटेकोशी बाढीमा बेपत्तामध्ये १ हजार ४ सय ५४ जनाको शव फेला परेको प्रहरी प्रधान कार्यालयको जानकारी ।

प्रहरीका अनुसार रसुवामा २ सय ३६, नुवाकोटमा २४, धादिङमा ७२, चितवनमा ३ सय ६९, गोरखामा ७९, तनहुँमा ३८, नवलपरासी पूर्वमा २ सय ३२ र नवलपरासीमा २ सय २२ जनाको शव फेला ।

Advertisement

केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेका अनुसार फेला परेका शवको पहिचानका लागि डीएनए नमुना सङ्कलनलगायत आवश्यक प्रक्रिया अघि बढाइएको उल्लेख ।

हालसम्म पहिचान तथा आवश्यक प्रक्रिया पूरा गरी १ हजार ३ सय ३४ शव व्यवस्थापन गरिएको प्रहरीको भनाइ ।

Advertisement

बाढी प्रभावित क्षेत्रमा उद्धार, खोजी, राहत वितरण तथा शव व्यवस्थापनलगायतका कार्यमा हालसम्म ७ हजार ९ सय ७५ प्रहरी कर्मचारी परिचालन ।

बाढीमा अझै ४ हजार ७ सय १८ जना बेपत्ता रहेको र उनीहरूको खोजी कार्य प्रभावित जिल्लाका विभिन्न क्षेत्रमा जारी रहेको उल्लेख ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top