×

NEPAL TIMES UPDATES

Playing
लिपुलेक बारे चीन के भन्छ ? सीले ओलीसँग के भनेका थिए ? || Nepal Times
May 23, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
May 23, 2026
Playing
गल्फ खेल्दाखेल्दै अचानक ह्वाइट हाउस फर्किए ट्रम्प, हम लाको तयारी ? || Nepal Times
May 23, 2026
Playing
इरानी एयरस्पेस बन्द, इजरेलभर साइरन, व्हाइट हाउसमा छुट्टी रद्द|| Nepal Times
May 23, 2026
Playing
सम्बन्ध सुधार हुने ठानिएको परराष्ट्रमन्त्रीको दिल्ली भ्रमण स्थगित|| Nepal Times
May 23, 2026
Playing
World News: ७०० किलोको ‘डोनाल्ड ट्रम्प’को कु र्बानी, Iranले Israelमा हम*ला गर्ने || Nepal Times
May 23, 2026
Playing
जेठ १५ देखि ‘लगेज ट्याग प्रणाली’ लागू|| Nepal Times
May 23, 2026
Playing
बारामा बैठकबाटै लखेटिए रास्वपाका सांसदहरु, प्रहरीले ग¥यो उद्धार|| Nepal Times
May 23, 2026
Playing
भारतपछि पाकिस्‍तानमा पनि चल्यो कक्रोच अभियान|| Nepal Times
May 23, 2026
Playing
Top 15 Afternoon News || May-23-2026 || Nepal Times
May 23, 2026

११ डिआइजीको बढुवा : भावी आईजीपी को ?

२९ आश्विन २०७५

काठमाडौं, असोज २९
प्रहरी नायव महानिरीक्षक (डिआईजी)मा बढुवा भएका ११ एसएसपीहरुलाई आज डिआईजीको दज्र्यानी चिह्न प्रदान गरिएको छ । बढुवा सिफारिस समितिले शनिबार ११ जनाको नाम सिफारिस गरेको थियो ।

डिआइजीमा बढुवा भएका विनोद शर्मा घिमिरे,विकास श्रेष्ठ ,ठाकुरप्रसाद ज्ञवाली, पूर्णचन्द्र जोशी ,तारणीप्रसाद लम्साल, शैलेश थापा क्षेत्री, हरिबहादुर पाल, निरजबहादुर शाही, प्रद्युम्नकुमार कार्की, हरिभक्त प्रजापती र सूर्यप्रसाद उपाध्यायलाई दज्र्यानी चिह्न प्रदान गरिएको हो ।

Advertisement
Advertisement

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले आज प्रहरी प्रधान कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच दज्र्यानी चिह्न प्रदान गरेका हुन् ।

सो अबसरमा प्रहरी महानिरीक्षक खनालले पदोन्नति भएका अधिकृतहरुलाई बधाई तथा शुभकामना दिँदै पदोन्नति पछिको योगदान अझै बढी हुने भएकोले नेतृत्व, निर्णय क्षमता, सांगठनिक दृष्टिकोणप्रति दृढ अडानका साथ काम गर्दै संगठनले गरेको अपेक्षा पुरा गर्न एक कदम अगाडि बढ्दै संगठनको खम्बा बनेर काम गर्न निर्देशन दिए ।

आईजीपी खनालले सकारात्मक सोच, सङ्गठनको नीति र कानूनसम्मत काम गर्नुपर्ने बताउँदै नीति विपरीत कार्यमा संलग्न् जो कोहीलाई कारबाही गरिने स्पष्ट परेका छन् ।

भावी आईजीपीमा को ?
अहिलेकै अवस्था कायम भयो र ३० बर्से सेवा अवधी हटेन भने आईजीपी सर्वेन्द्र खनालपछि ठाकुर ज्ञवाली र तारिणी लम्सालमध्ये एक जना ५ महिनाका लागि आइजिपी बन्ने छन् ।

डिआइजीबाटै आईजीपी बढुवा हुने भएकाले करिब डेढ वर्षपछि कार्य क्षमता र दक्षताका हिसाबले ज्ञवाली आईजीपीमा बढुवा हुने सम्भावना बढी छ ।

ज्ञवालीपछि सैलेश थापा र हरिबहादुर पाल मध्ये एक जना आईजीपी बन्नेछन् । अहिलेको फड्को अनुपात र क्षमताको हिसाबले पाल अगाडि बढ्ने अवस्था देखिएको छ ।

Advertisement
Advertisement

घिमिरे, श्रेष्ठ र जोशी भने आईजीपीसंगै घर जाने छन् । किनकि उनीहरु आईजीपी खनालका व्याजी हुन ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top