१८० यात्रु बचाउने पाइलट भारतीय मूलका

१५ असोज ८३, बिहीबार
Share this
745shares

१५ असोज , काठमाण्डौ ।

Advertisement

दुबईबाट तेल अभिवतर्फ उडिरहेको फ्लाई दुबईको विमानमा को–पाइलटले पाइलटमाथि चक्कु प्रहार गरेको र आक्रमणमा परेका पाइलट भारतीय मूलका स्मित मछार रहेको भारतीय सञ्चारमाध्यमहरुको भनाइ ।

Advertisement

इजरायली अधिकारीहरूका अनुसार विमान उडिरहेका बेला ओमानी नागरिक को–पाइलटले स्मितमाथि चक्कु प्रहार गरेका थिए।

आक्रमणबाट घाइते भएर रगत बगे पनि स्मितले विमानको नियन्त्रण कायम राख्दै सुरक्षित अवतरण गराएको उल्लेख ।

Advertisement

स्मितकै कारण विमानमा रहेका १८० यात्रुको ज्यान जोगिएको भारतीय सञ्चारमाध्यमको दाबी ।

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले चक्कु प्रहार गर्ने को–पाइलट पक्राउ परेको र साउदी अधिकारीहरूले उनीसँग सोधपुछ गरिरहेको बताए ।

इजरायलका एक वरिष्ठ अधिकारीले पाइलटको साहसका कारण ठूलो दुर्घटना हुनबाट जोगिएको बताउदै पाइलटले नियन्त्रण गुमाएको भए सन् २००१ को अमेरिकामा भएको ९÷११ आक्रमणजस्तो गम्भीर घटना हुन सक्ने बताए ।

भारतीय सञ्चारमाध्यमका अनुसार स्मितले फ्लाई दुबईमा आबद्ध हुनुअघि स्पाइसजेटमा ११ वर्षभन्दा बढी काम गरेका थिए।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top