१५ असोज , काठमाण्डौ ।
युरोपेली राष्ट्र पोर्चुगलमा पाँचौं ठूलो आप्रवासी संख्यामा नेपाली सूचीकृत ।
पछिल्लो चार वर्षमा पोर्चुगलमा नेपालीको संख्या १३६ प्रतिशतभन्दा बढीले वृद्धि ।

पोर्चुगलको जनगणनाको तथ्याङ्कमा सन् २०२५ मा ५६ हजार ८६६ नेपाली देखाउँदा यो आप्रवासीमा पाँचौं ठूलो संख्या ।
जसमा ३८ हजार ३३५ पुरुष र १८ हजार ५३१ महिला रहेको हो,” पोर्चुगलका लागि नेपाली राजदूत प्रकाशमणि पौडेलको भनाइ ।

यसमा पोर्चुगलकै पासपोर्ट लिइसकेका समेटिएका छैनन् ।
ब्राजिल, एङ्गोला, भारत र केपभर्डेपछि ठूलो संख्या नेपाली रहेको पोर्चुगलको राष्ट्रिय तथ्याङ्क संस्थानको विवरणमा उल्लेख ।
एसियाली राष्ट्र चीन, पाकिस्तान र बंगलादेशका नागरिकभन्दा बढी नेपाली रहेको तथ्यांक ।



