१८ असोज , काठमाण्डौ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका विभिन्न भूभागमा पश्चिमी तथा मनसुनी वायुको आंशिक प्रभाव कायमै ।
कर्णाली र सुदूरपश्चिम प्रदेशका सबै भूभाग तथा गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भूभागमा पश्चिमी वायुको प्रभाव रहेको महाशाखाको भनाइ ।

कोसी, मधेस र वाग्मती प्रदेशका सबै भूभाग तथा गण्डकी र लुम्बिनी प्रदेशका बाँकी भूभागमा भने मनसुनी वायुको आंशिक प्रभाव ।
महाशाखाका अनुसार आइतबार दिउँसो कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागमा साधारणतया बादल लाग्ने ।

कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ भने तराई क्षेत्रमा पनि आंशिक बादल लाग्ने पूर्वानुमान ।
कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा मध्यमसम्म वर्षा तथा हिमपातको सम्भावना ।
यस्तै, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा पनि मध्यमसम्म वर्षा र हिमपात हुन सक्ने ।
यसैगरी, कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका एक–दुई स्थानमा हल्का वर्षा हुन सक्ने सम्भावना ।



