१८ असोज , काठमाण्डौ ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंको खुलामञ्चमा सुरु हुँदै ।
आजदेखि २२ गतेसम्म हुने महाधिवेशनको उद्घाटन समारोहमा सहभागी हुन सभापति गगन थापाले पूर्वसभापति शेरबहादुर देउवालाई पठाए प्रमुख अतिथिका रूपमा निम्तो ।

सभापति थापाको हस्ताक्षर रहेको निमन्त्रणा पत्र लिएर सहमहामन्त्री योगेन्द्र चौधरीको नेतृत्वमा टोली देउवाको निवास पुगे पनि भेट हुन नसकेको चौधरीले बताए। महाधिवेशमन विभिन्न दलका शीर्ष नेताहरु सहभागी हुँदै ।
देउवाका स्वकीय सचिव भानु देउवासँग समेत सम्पर्क हुन नसकेपछि निमन्त्रणा पत्र निवासमै छाडेर टोली फर्किएको उल्लेख ।

महाधिवेशनमा देउवा पक्ष भने सहभागी नरहेको कांग्रेस नेताहरूको भनाइ ।
महाधिवेशनबाट दुई महामन्त्री निर्वाचित हुने भए पनि उक्त पदका लागि १२ जना आकांक्षी ।
विशेष महाधिवेशनबाट महामन्त्री बनेका प्रदीप पौडेल र गुरुराज घिमिरे पुनः महामन्त्री बन्ने दौडमा ।
सहमहामन्त्रीहरू उदयशमशेर राणा, डिला संग्रौला र प्रकाश रसाइली ‘स्नेही’ तथा निवर्तमान सहमहामन्त्री जीवन परियार र पार्टी प्रवक्ता देवराज चालिसे पनि आकांक्षी ।
त्यस्तै, केन्द्रीय सदस्यहरू डा सुनिल शर्मा, रामहरि खतिवडा, नैनसिंह महर, मधु आचार्य र आङ्गेलु शेर्पा तथा लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन मगरले पनि महामन्त्रीमा दाबी ।
महाधिवेशनबाट २३१ सदस्यीय केन्द्रीय कार्यसमिति निर्वाचित हुनेछ। सभापतिमा गगनले दोहोरिने पक्का ।



