२० असोज , काठमाण्ण्डौ ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बन्दसत्र आज पनि जारी रहने ।
सोमबारदेखि सुरु भएको बन्दसत्रमा पार्टी नेतृत्वबाट प्रस्तुत चारवटा महत्वपूर्ण प्रतिवेदनमाथि छलफल जारी ।

बन्दसत्रमा सभापति गगनकुमार थापाले राजनीतिक प्रतिवेदन , उपसभापति विश्वप्रकाश शर्माले समसामयिक प्रतिवेदन ,महामन्त्री गुरुराज घिमिरेले सांगठनिक प्रतिवेदन तथा कोषाध्यक्ष उमेश श्रेष्ठद्वारा पार्टीको आर्थिक प्रतिवेदन पेस ।
महाधिवेशन प्रतिनिधिहरूले ती प्रतिवेदनमाथि दोस्रो दिनको बन्दसत्रमा पनि छलफल गर्ने ।

महाधिवेशन अन्तर्गत नयाँ कार्यसमिति चयनका लागि आज मनोनयन दर्ताको कार्यक्रम सुरु हुँदै ।
सभापति, उपसभापति र कोषाध्यक्षको प्रतिवेदन बन्द सत्रले पारित गरेपछि मनोनयन दर्ताको कार्यक्रम अघि बढ्ने ।
मतदाता नामावली प्रकाशन, नामावली उपर दावी–विरोध, दावी–विरोध उपर जाँचबुझ र मतदाताको अन्तिम नामावली प्रकाशनको काम सोमबार नै सम्पन्न ।
केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालका अनुसार आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारी मनोनयनको कार्यक्रम



