२० असोज , काठमाण्डौ ।
सरकारले सुरक्षासँग सम्बन्धित संवेदनशील सूचना चुहावट गरेको आरोपमा सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई गर्याे निलम्बन ।
विज्ञप्ति जारी गर्दै दाहालमाथि लागेको अभियोगबारे जाँचबुझ गर्न निलम्बन गरिएको गृह मन्त्रालयले दियो जानकारी ।

मन्त्रालयका अनुसार पदअनुसारको आचरण पालना गर्नुपर्ने तथा सुरक्षासँग सम्बन्धित संवेदनशील सूचनाको संरक्षण र गोपनीयता कायम गर्नुपर्ने कानुनी व्यवस्था भए पनि दाहालले त्यसविपरीत कार्य गरेको भन्दै कारबाहीका लागि सिफारिस प्राप्त भएको उल्लेख ।
सोही अभियोगमाथि जाँचबुझ गर्न उनलाई निलम्बन गरिएको मन्त्रालयको भनाइ ।

गृह मन्त्रालयले दाहालमाथि जाँचबुझ गर्न सशस्त्र प्रहरीको मानव स्रोत विभागमा कार्यरत एआईजी अञ्जनीकुमार पोखरेललाई जाँचबुझ अधिकृत तोक्यो ।
पोखरेललाई तीन दिनभित्र जाँचबुझ गरी प्रतिवेदन बुझाउन जिम्मेवारी ।
जाँचबुझको जिम्मेवारी पाएका एआईजी पोखरेल दाहालभन्दा झण्डै चार वर्ष जुनियर हुन्।
दाहालले नै एआईजी हुँदा प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलसँगै पोखरेललाई दज्र्यानी चिह्न लगाइदिएका थिए।
अब आफूभन्दा वरिष्ठ एआईजी दाहालमाथि पोखरेलले जाँचबुझ गरी सरकारलाई प्रतिवेदन बुझाउने भएका छन्।
गृह मन्त्रालयले जाँचबुझको निष्कर्षका आधारमा दाहालमाथिको अभियोगबारे थप प्रक्रिया अघि बढाउने ।



