दशैंका लागि अग्रिम टिकट बुकिङ खुल्यो, लामो दूरीमा २ चालक अनिवार्य

२० असोज ८३, मंगलबार
Share this
755shares

२० असोज , काठमाण्डौ ।

Advertisement

दशैं–तिहारका लागि असोज २३ गतेदेखि अग्रिम टिकट बुकिङ खुलाउने निर्णय ।

यातायात व्यवस्था विभाग, यातायात व्यवसायी र सरोकारवालाको बैठकबाट चाडपर्व अवधिभर देशभर चल्ने सार्वजनिक सवारीसाधनलाई रुट परमिट आवश्यक नपर्ने निर्णय समेत गरिएको जानकारी ।

Advertisement

काठमाडौं उपत्यकामा ट्राफिक जाम घटाउन अत्यावश्यक ढुवानीका साधनबाहेक अन्य ठूला सवारीसाधनको आवतजावतमा रोक लगाइने ।

खाद्यान्न, औषधि, इन्धन र दूध बोकेका सवारीलाई भने छुट दिइने ।

Advertisement

सडकको अवस्था र मौसमलाई ध्यानमा राखेर अग्रिम टिकट बुकिङको व्यवस्था गरिने ।

टिकट नखुलेका कारण अन्योलमा रहेका यात्रुलाई यो निर्णयसँगै राहत पुग्ने ।

विशेषगरी लामो दूरीका बसमा एउटै चालकले लगातार लामो समयसम्म सवारी चलाउने अवस्थालाई रोक्न दुई जना चालक अनिवार्य राख्नुपर्ने व्यवस्था लागु गरिने ।

दशैंमा घर फर्किने यात्रुको चाप व्यवस्थापन गर्न यातायात विभागले विशेष तयारी थाल्ने

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top