मोदीको सार्वजनिक जीवनको २५वर्षः बालेन र रविले दिए शुभकामना

२२ असोज ८३, बिहीबार
Share this
738shares

२२ असोज , काठमाण्डौ ।

Advertisement

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो सार्वजनिक जीवन यात्राको २५ वर्ष पूरा भएको अवसरमा प्रधानमन्त्री बालेन्द्र शाह र रास्वपा सभापति रवि लामिछानेले दिए बधाइ तथा शुभकामना ।

सार्वजनिक सेवाको २५ वर्ष पूरा गरेको अवसरमा नेपालका प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ र सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेद्वारा शुभकामना ब्यक्त।

Advertisement

प्रधानमन्त्री बालेनले एक्समार्फत मोदीलाई २५ वर्षको समर्पित सार्वजनिक सेवाको यात्रा पूरा गरेकोमा बधाई दिँदै आगामी दिनमा पनि मोदी र उनको सरकारलाई निरन्तर सफलता र समृद्धिको शुभकामना दिए ।

यस्तै रास्वपा सभापति रविले पनि मोदीको २५ वर्षे सार्वजनिक सेवाको यात्रालाई उल्लेखनीय भन्दै शुभकामना दिए ।

Advertisement

मोदीको नेतृत्वमा भारतले गरेको रूपान्तरण र तीव्र प्रगति प्रेरणादायी रहेको रविको भनाइ ।

रविले नेपाल–भारतबीच साझा इतिहास, गहिरो सांस्कृतिक सम्बन्ध र जनस्तरको घनिष्ठ सम्बन्ध रहेको बताउँदै दुवै देशबीचको साझेदारीलाई अझ सुदृढ र समृद्ध बनाउन आगामी दिनमा सहकार्यका लागि आफूहरू उत्सुक रहेको बताए ।

गुजरातको मुख्यमन्त्रीदेखि भारतको प्रधानमन्त्रीसम्मको राजनीतिक यात्रालाई मोदीले गरे सार्वजनिक सेवाको यात्राका रूपमा परिभाषित ।

मोदीले सन् २००१ अक्टोबर ७ मा पहिलोपटक गुजरातको मुख्यमन्त्रीको शपथ लिएका थिए।

त्यसपछि उनी गुजरातको मुख्यमन्त्रीका रूपमा दुई कार्यकाल रहे।

सन् २०१४ मा भारतको प्रधानमन्त्री बनेका मोदी लगातार दुई कार्यकाल पूरा गर्दै अहिले तेस्रो कार्यकालमा छन्।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top