४६ लाख अवैध मुद्रासहित विमानस्थलबाट चिनियाँ नागरिक पक्राउ

२२ असोज ८३, बिहीबार
Share this
745shares

२२ असोज , काठमाण्डौ ।

Advertisement

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ४६ लाख ३७ हजार रुपैयाँभन्दा बढी मूल्य बराबरको अवैध मुद्रासहित एक चिनियाँ नागरिक पक्राउ ।

पक्राउ पर्नेमा चिनियाँ नागरिक सुओलाङ रहेको प्रहरीको भनाइ ।

Advertisement

मंगलबार राति करिब सवा ८ बजे क्याथे प्यासिफिक एयरवेजको जहाजमार्फत हङकङ जान लागेका सुओलाङलाई विमानस्थलको सुरक्षा चेकजाँचका क्रममा अवैध मुद्रा भेटिएपछि प्रहरीले नियन्त्रणमा लिएको उल्लेख ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका अनुसार उनीबाट ११ लाख ८६ हजार नेपाली रुपैयाँ बरामद ।

Advertisement

यस्तै, ५१ हजार ७१० चिनियाँ युआन, नेपाली रुपैयाँमा करिब ११ लाख ८९ हजार ६१६ रुपैयाँ बराबर, ५ हजार ९६५ अमेरिकी डलर अर्थात् करिब ९ लाख १८ हजार ४९१ रुपैयाँ, ४९ हजार ९९० हङकङ डलर अर्थात् करिब ९ लाख ८० हजार ८०४ रुपैयाँ बरामद भएको प्रहरीको भनाइ ।

त्यसैगरी, उनीबाट २ हजार ६० युरो, करिब ३ लाख ५६ हजार ७४० रुपैयाँ बराबर तथा ५० अस्ट्रेलियन डलर, करिब ५ हजार ३६६ रुपैयाँ बराबरसमेत बरामद ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top