काठमाडौँको काँडाघारीमा गोली चल्यो, लुटेरा पक्राउ

२२ असोज ८३, बिहीबार
Share this
677shares

२२ असोज , काठमाण्डौ ।

Advertisement

काठमाडौंको काँडाघारीमा प्रहरीले गोली चलाएर लुटपाटमा संलग्न रहेको आरोपमा तीन जनालाई पक्राउ गर्याे ।

पक्राउ पर्नेमा आयन रायमाझीसमेत रहेको र गोली लागेर रायमाझी घाइते भएको प्रहरीको भनाइ ।

Advertisement

जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दिलीप घिमिरेका अनुसार बुधबार राति काँडाघारी क्षेत्रमा लुटेरा समूहलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली चलाएको हो।

प्रहरीले पक्राउ गर्न खोज्दा रायमाझीलाई लक्षित गरी सुरुमा हवाई फायर गरेको थियो।

Advertisement

हवाई फायरपछि पनि नियन्त्रणमा नआएपछि प्रहरीले रायमाझीको घुँडामुनि गोली प्रहार गरी नियन्त्रणमा लिएको एसएसपी घिमिरेले दिए जानकारी ।

रायमाझीसँगै लुटपाटमा संलग्न रहेको आरोपमा अन्य दुई जनालाई समेत पक्राउ गरिएको प्रहरीको भनाइ ।

प्रहरीका अनुसार पक्राउ परेको समूहले काठमाडौंका विभिन्न स्थानमा पटकपटक लुटपाटका घटना गराउँदै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top