२२ असोज , काठमाण्डौ ।
बेलायतको औपचारिक भ्रमणमा रहेका प्रधानसेनापति अशोकराज सिग्देल र बेलायती सेनाका प्रमुख ‘चिफ अफ द जनरल स्टाफ’ सर रोली वाकरबीच भेटवार्ता ।
भेटमा नेपाल र बेलायतबीचको सैनिक सम्बन्ध तथा आपसी हितका विषयमा छलफल भएको नेपाली सेनाको भनाइ ।

बेलायती सेनाप्रमुख सर रोली वाकरको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानसेनापति सिग्देल साताव्यापी औपचारिक भ्रमणका लागि गत सोमबार बेलायत प्रस्थान गरेका थिए।
भ्रमणका क्रममा उनले बेलायती सेनाका उच्च अधिकारीहरूसँग भेटवार्ता तथा विभिन्न औपचारिक कार्यक्रममा सहभागिता जनाइरहेका छन्।

नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार बुधबार भएको भेटवार्तामा दुई देशका सेनाबीच रहँदै आएको सहकार्य, आपसी हित र नेपाल–बेलायत सैनिक सम्बन्धका विषयमा विचारविमर्श ।
दुई देशबीच लामो समयदेखि रहँदै आएको सैनिक सम्बन्धलाई थप मजबुत बनाउने विषयमा समेत छलफल भएको उल्लेख ।



