आईजीपीलाई नै खगेन्द्रको खुल्ला चेतावनी, सक्छौं भने मलाई थुनेर देखाउँ

२२ असोज ८३, बिहीबार
Share this
724shares

२२ असोज , काठमाण्डौ ।

Advertisement

राज्यको सुरक्षा कमान्ड सम्हाल्ने नेपाल प्रहरी प्रमुखमाथि नै करोडौँको भ्रष्टाचारको आरोप लागेपछि सदनदेखि संसदीय समितिसम्ममा खैलाबैला मच्चिएको लामै समय भइसक्यो । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनार लामो समयदेखि प्रहरी प्रमुखविरुद्ध सार्वजनिक रुपमा अनियमितताको प्रश्न जोड्दै आक्रोशित रुपमा प्रस्तुत हुँदै आएका छन् ।

यही स्वरुप बुधबार पनि सामाजिक संजाल र सार्वजनिक संचारमाध्यामहरुमा देखिएको छ । उनले आफ्नाविरुद्ध नै प्रहरी नेतृत्वले नै अफवाह फैलाएको भन्दै पक्राउ गरेर देखाउन चुनौती नै दिएका छन्। पछिल्लो समय सुनारमाथि राजदूत नियुक्तिमा रकम असुली गरेको आरोप लागेको छ ।

Advertisement

यसको खण्डन गर्दै उनले प्रहरी महानिरिक्षक दानबहादुर कार्कीमाथि नै गम्भिर आरोप लगाएका हुन् । सुनारले राजदूत नियुक्तिमा आर्थिक चलखेल गरेको भन्दै संसदीय समितिमा उजुरी परेको छ । यो विषयमा प्रश्न राखेपछि सुनारले यसमा प्रहरी महानिरिक्षक कार्कीले आफूविरुद्ध षडयन्त्र रचेको आरोप लगाएका छन् ।

प्रहरी महानिरीक्षक कार्कीले पद र बर्दीको आडमा राजनीति गरिरहेको आरोप लगाउँदै सुनारले भने, ‘हेडक्वार्टरमा बसेर स्रोत–साधनको दुरुपयोग गर्ने ? मान्छेलाई हत्कडी, बन्दुक र बर्दी देखाएर तर्साउने ? मेरो यहाँबाट चुनौती छ दानबहादुर कार्कीलाई— भाइ दम छ भने बर्दी खोल, अनि बाहिर आएर चुनाव लड । होइन भने यस्ता भ्रष्टहरूलाई त्यहाँ बस्ने कुनै नैतिक अधिकार छैन ।’

Advertisement

उनले प्रहरी मुख्यालयभित्रैबाट सामाजिक सञ्जालमा ‘साइबर सेल’ खडा गरेर आफ्नो चरित्रहत्या गर्ने प्रयास भइरहेको दाबीसमेत गरे । आफूमाथि लागेको आर्थिक अनियमितताको आरोपमा छानबिन गर्न तयार रहेको बताउँदै उनले आईजीपीको सम्पत्तिमाथि पनि तत्काल छापा मार्नुपर्ने माग गरे ।

उनले भने, ‘म पनि चोर, आईजीपी पनि चोर ठहरिए हामी दुवैलाई एउटै हत्कडी लगाएर अदालत लगियोस् । म हत्कडी लाउन तयार छु, के आईजीपी दानबहादुर कार्की तयार हुनुहुन्छ ?’ सांसद सुनारले सीआईबीले आफूलाई अपराधी जसरी लखेटिरहेको आरोप लगाए ।

आफ्ना नजिकका व्यक्तिहरूलाई अज्ञात नम्बरबाट फोन गरेर धम्काउने र तस्बिर तथा भिडियो खोज्ने काम भइरहेको उनको दाबी थियो । आफ्नो पछाडि प्रहरीका अधिकृतहरू सुराकीका रूपमा खटाइएको दाबी गर्दै उनले भने, ‘मेरो पछाडि लामा थरका डीएसपी र भण्डारी थरका एसपी जुँगा ठड्याएर लागिरहेका छन् । म कहाँ जान्छु, के गर्छु भनेर चियोचर्चा गरिँदैछ । तिमीहरू मेरो पछि लागेका छौ, तर तिम्रो पछाडि पनि मेरो नजर छ । कुन वृत्तको गाडी कति बजे घुसको पैसा लिएर हेडक्वार्टर छिर्छ र कति बजे रक्सी छिर्छ, हामीलाई सबै थाहा छ ।’

सांसद सुनारले यसअघि प्रहरी नेतृत्वले आफूसँग ‘सेटिङ’ मिलाउन एआईजी डम्बर विकलाई परिचालन गरेको दाबी गरे । ‘दानबहादुरजीले एआईजी डम्बर विकलाई ‘तेरो थरको मान्छे हो, गएर कुरा मिला’ भनेर पठाउनुभएको रहेछ । एआईजी साबले मलाई फोन गरेर ‘चिफ साब रोएर हैरान हुनुभयो, जोगाइदिनुप¥यो’ भन्नुभयो । मैले बिर्सेर पनि यस्तो कुरा नगर्नु भनेर फर्काइदिएँ । यताबाट सम्झौता नभएपछि मलाई सिध्याउन अहिले मिडिया र उजुरीको खेती गरिएको हो ।’ उनले भने ।

दलित आन्दोलनको नाममा १० करोड रुपैयाँ उठाएर हिनामिना गरेको तथा सरुवा(बढुवामा लेनदेन गरेको आरोपलाई सांसद सुनारले व्यङ्ग्यात्मकरुपमा अस्वीकार गरे । उनले भने, ‘६० लाख दलितहरूले मलाई पार्टी खोल्न ६० करोड दिनुभएको थियो, १० करोड मात्र आयो भन्नुहुन्छ, बाँकी ५० करोड कहाँ गयो त्यो पनि खोज्नुस् । मेरो नाममा कुनै व्यापार, व्यवसाय वा सेयर छैन । नागरिकता र पासपोर्टबाहेक अरू केही सम्पत्ति छैन । माइतीघरमा आन्दोलन गर्दा खाएको भातको पैसा अझै तिर्न बाँकी छ ।’

उनले आफूलाई बदनाम गराउन भारत, अमेरिका, नरेन्द्र मोदीदेखि बालुवाटार र न्युरोडका सुन पसलहरूसम्म जोडेर भ्रामक प्रचार गरिएको टिप्पणी गरे । साउदी अरेबियाका लागि प्रस्तावित राजदूत डा. गिरबहादुर सुनारले संसद खगेन्द्र सुनारसँग मिलेर रकम व्यवस्थापन गरेको विषयमा संसदीय सुनवाइ समितिमा उजुरी परेको छ ।

यस विषयमा सुनारले आफूहरू ‘थर’ मात्रै मिलेको र गिरबहादुरलाई आफूले नचिनेको दावी गरे । उनले भने, ‘डा. गिरीबहादुर सुनारसँग मेरो कुनै आर्थिक साँठगाँठ छैन । उहाँसँग मेरो थर र ओशोको माला मात्र मिलेको हो । सरकारको मापदण्ड पूरा गरेर आएका व्यक्तिलाई मसित जोडेर बदनाम गर्न खोजियो ।’

राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिक सांसद बनाइदिने भन्दै ५० लाख रुपैयाँ लिएको भन्ने आरोपलाई पनि उनले कपोलकल्पित भनेका छन् । उनले प्रहरी नेतृत्वले आफूविरुद्ध षडयन्त्र गरेको दाबी गरे ।सामाजिक संजालबाट सुनारले निर्वाचन प्रहरीको ड्रेस खरिदमा भ्रष्टाचार भयो भनेर परेको उजुरी माथि कडा प्रश्न गरे बापत आफूले के–के भोग्नुपर्यो भन्दै त्यसको फेहरिस्त सुनाएका छन् ।

उनले भनेका छन्, विभिन्न माध्यामबाट – कसरी हुन्छ मिलाउनु पर्यो भनेर २–४ वटा कल आयो ! मैले जवाफमा भने – फेरि पनि यस्तै कल आयो भने – फोटो सहित सार्वजानिक गर्छु ! त्यसपछि फोन आउन छोड्यो ! तर उनले विभिन्न थरीका मान्छे लगाउन छोडेका छैनन् !एआईजी डम्मर विश्वकर्मालाई आईजी दान ब कार्कीले कार्यकक्षमा बोलाएर भनेछन् , दाई तपाईं, दर्जाले सानो भएपनि दाई हो ! खगेन्द्र तपाईंको थरको मान्छे हो ! कसरी हुन्छ खगेन्द्रलाई मिलाउनु पर्यो ! उनले आफ्नै अगाडि जबरजस्ती फोन गर्न लगाए ! उनले फोन गरे मलाई, र भने – दाईको मुख हेर्न पर्यो – एक पटकलाई यो कुरा उठाउन छोड्न पर्यो ! मैले जवाफमा भने – अबदेखि तपाईंको मुख हेर्दिन – फोन राख्नुस् ! त्यो दिनदेखि फोन आएन !

केही दिन देखि मलाई निरन्तर एउटा गाडीले पछ्याई रह्यो ! एकदिन मैले – बालाजु बाइपास चोकमा त्यो गाडी रोके र, सोधे – किन फ्लो गरेको ? भन नत्र पुलिस बोलाउछु भनेपछि उनले भने – हामी हेडक्वार्टरबाट खटिएको टोली हो ! हजुरको सुरक्षाको लागि हो, हजुर भने !  बुझ्दै जादा मेरो निगरानी गर्न आइजीपीले पठाएको लामा थरको डीएसपीको टोली रैछन् ! यसअघि कार्कीले आफ्नो विरुद्ध बोलेको भन्दै एक भण्डारी थरका पत्रकार माथि सादा पोसाकका घुमुवा प्रहरी लगाई सिनामंगलमा आक्रमण गर्न लगाएका थिए ! अहिलेकार्की विरुद्ध सर्वोच्च अदालतमा ज्यानमार्ने उद्योगमा मुद्दा विचाराधीन छ ! ती पत्रकारले त्यो कुरा सुनाएदेखि नै म सचेत थिए ! यसो सोच्छु – एउटा सांसद त यति लखेटिन्छ भने आमा मानिसको अवस्था के होला ?

उनले संसदीय समितिमा मुद्दाका विषयमा समेत लेखेका छन्, सरकारले केही देशका लागि राजदूत सिफारिस गर्यो । त्यो मध्यका एक थिए – स्याङ्जाका गिरी बहादुर सुनार ! ओशो सन्यासी भएका कारण ध्यान गर्ने क्रममा आश्रममा २–४ पटक मेरो उनीसँग भेट भएको थियो ! त्यो फोटो देखे पछि – मिडिया ट्राईल सुरु भयो, मेरो मान्छे भनेर ! कुरा के रैछ भने – १५ वर्ष पहिला आश्रममा भएको एक विवादमा उनलाई दलित भनेर हेपेपछि – एकजना सँग झगडा परेछ ! त्यो कुरा प्रहरीमा पुगेछ ! पछि प्रहरीले एक आपासमा झगडा नगर्ने सर्तमा कागज गरेर उनलाई छोडेछ ! त्यही जातीय विभेदको मुद्दालाई लिएर उनी माथि मिडिया ट्राईल सुरु भयो, प्रहरीमा मुद्दा छ भनेर ! जबकि त्यो सामान्य भन्दा सामान्य मुद्दा रहेछ ! त्रिभुवन विश्वविद्यालयबाट सामाजिक विभेद र त्यसको असरबारे एज्म् गरिरहेका सुनार म सँग थर जोडिएका कारण उनी चेपुवामा परे ! बिना गल्तीको सजाय पाए !
सुनारले उजुरीका बारेमा लेखेका छन्, समितिले राजदूत विरुद्ध उजुरी आव्हान गर्यो ! उजुरी राजदूतकोे विरुद्ध आव्हान गरिएको थियो ! तर मेरो नाम आउन थालेपछि मैले गोप्य रुपमा बुझे, के भएको रहेछ भनेर ! कुरा यस्तो रैछ – मुद्दा दिने मान्छे कोही भेटिएनन्! त्यसको बिरुद्दमा दान ब कार्कीले सचिवालयका भण्डारी थरका एसपी (बुटवलमा हुँदा बलात्कार आरोपित) लाई सिभिल ड्रेसमा सिंहदरबारमा उजुरी गर्न पठाए ! उनले म सँगको एक फोटो देखाए, पैसा खायो, डन सँग सम्बन्ध छ, अभियान र पार्टी बनाउँदा पैसा उठायो, लगाएतका आरोप लगाएर बेनामे उजुरी समितिमा दिए ! त्यही आरोपको आधारमा मिडिया ट्राईल सुरु भयो ! अहिलेपनि जारी छ !

उनले शुसीला कार्की सरकारमा पनि आफ्नो मेरो नाम आउँदा ठ्याक्कै यस्तै भएको बताएका छन् । उनले लेखेका छन्, त्यति बेला म माईतिघरमा आन्दोलनमा थिए ! त्यो आन्दोलनको निगरानी थापा थरका क्ए ले गरिरहेका थिए ! पछि म मन्त्री हुने थाहा पाएपछि – हामीलाई दुःख दिने यसलाई जसरी नी रोक्न पर्छ भनेर कउ थापाकै अगुवाईमा – दैलेखका खगेन्द्र बहादुर सुनारको मुद्दा मेरो हो भनेर मिडिया ट्राईल गरेर मेरो सफत रोके ! पछि अनलाईन खबर लगाएतको मिडियाले माफी मागे ! गलत भयो भनेर ।

उनले सीआइबीबाट अफर आएको समेत दाबी गरेका छन् । अहिले केन्द्रीय अनुसन्धान ब्युरोको नेतृत्व – उमा चतुर्वेदीले गरेका छन् ! उनलाई कार्कीले भनेका छन् – छानविन समितिमा हाम्रो प्रमाण पुगिसकेको छ ! समितिको मिति २ महिना छ ! त्यो अगावै खगेन्द्र सुनारलाई ः फकाउने, फसाउने, धम्काउने वा मिलाउने जिम्मा तपाईंको ! नत्र हाम्रो दिन गन्ती सुरु हुन्छ ! सोही निर्देशन अनुसार – चतुर्वेदीले म सँग नजिक रहेका, फोटो खिचेका, नाता सम्बन्धमा रहेका सबैलाई – प्राइभेट लेखिएको नम्बरबाट फोन गरी, कार्यालय बोलाएर – सुनार विरुद्ध – उजुरी गरे, कुनै प्रमाण दिए, वा विवादमा पार्न सके – मुखले मागेको सबैदिने बताएको – अडियो – भिडियो मलाई प्राप्त भएको छ ! उनी अहिले पनि यो काममा सक्रिय छन् !

सुनारले ज्यान मार्ने धम्कीसम्मको विषय समेत उठान गरेका छन् । समिति गठन भएको दिन – एउटै मान्छेको स्वरमा तीन वटा नम्बरबाट कल आयो – चिफ सापको विरुद्धमा बोले सिंहदरवार भित्रै गोली ठोक्छु भनेर धम्की आयो ! मैले भने – म गोलि खान तयार छु ! तर प्रश्न गर्न छोड्दिन ! धाकधम्की अहिले पनि जारी छ ! मलाई अहिले पनि सादा पोसाकका प्रहरीले बाईक र गाडी पछ्याइरहेका छन् !
उनले अन्त्यमा लेखेका छन्, मेरो स्पष्ट बुझाई छ ! हामी जनताका प्रतिनिधि हौं ! भ्रष्टाचारको विरुद्ध र सुशासनको पक्षमा लाग्छौँ भनेपछि जनताले हामीलाई दुईतिहाई जनमत दिएका छन् ! सामान्य अन्न खानेले बुझ्ने कुरा के हो भने – आफै खुकुरीको धारमा हिँडेको मान्छेले के साँच्चै बजारमा करोडौंको मोलमोलाई गर्दै हिँड्ला ? म माथिको प्रत्येक प्रश्नको छानविन होस् म तयार छु ! तर आरोप बाट भाग्दिन ! ढुक्क हुनुस् – तपाईंको जनप्रतिनिधिको बोलेको मुद्दा आउला तर मकै पोलेको समेत मुद्दा आउँदैन ! सुशासनको पक्षमा पद त के जिन्दगी दाउमा राख्न तयार छु ! प्रश्नः अझै गम्भीर हुन्छ !

संसदीय उपसमितिले म्यादी प्रहरीको कपडा खरिद अनियमितताको अनुसन्धान सुरु गरेपछि त्यसलाई तुहाउन र आफूलाई दबाबमा राख्न प्रहरी मुख्यालयले नियोजित षड्यन्त्र र घेराबन्दी गरेको सांसद सुनारको निष्कर्ष छ। उनी म्यादी प्रहरीको लत्ताकपडा खरिद प्रकरणमा भएको अनियमितताबारे संसदीय उपसमितिका सदस्य हुन् ।

सुनारले नै म्यादीको कपडा खरिदमा अर्बाै भ्रष्टाचार भएको दाबी गर्दै आएका छन् । संसद्को सार्वजनिक लेखा समितिले निर्वाचन प्रहरीका लागि कपडा खरिद गर्दा करोडौँ रुपैयाँ भ्रष्टाचार र व्यापक अनियमितता भएको दाबीसहित परेको उजुरीमाथि विस्तृत छानबिन र अध्ययन अगाडि बढाएको छ ।

शुक्रबार बसेको लेखा समितिको बैठकले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाको नेतृत्वमा नौ सदस्यीय अध्ययन समिति गठन गरेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top