२३ असोज , काठमाण्डौ ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज मतदान हुँदै ।
बिहीबारका लागि तय गरिएको मतदान तालिका परिवर्तन भएपछि आज मतदान हुन लागेको हो।

निर्वाचन समितिका अनुसार बिहान ७ बजेदेखि सुरु हुने मतदान दिउँसो ३ बजेसम्म चल्ने ।
महाधिवेशन प्रतिनिधिहरूलाई बिहान ६ बजे नै निर्वाचन क्षेत्रमा उपस्थित हुन भनिएकामा विहानैदेखि लाइन देखियो ।

मतदान सकिएलगत्तै मतगणना सुरु गर्ने तयारी गरिएकाले आज साँझ ५ बजेसम्म मतदानसम्बन्धी सबै प्रक्रिया पूरा गर्ने दाबी ।
मतदानपछि मतपेटिकाहरू कांग्रेस केन्द्रीय कार्यालय सानेपा लगिने र त्यहाँ १२ देखि १३ स्थानमा एकैपटक मतगणना गर्ने निर्वाचन समितिको भनाइ ।
निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालका अनुसार महाधिवेशनमा ८५० जनाले उम्मेदवारी दर्ता गराएकामा महाधिवेशनका लागि २३ प्रकारका मतपत्र तयार ।
केन्द्रीय निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्काले मतदान सम्पन्न भएको तीन दिनभित्र सबै नतिजा सार्वजनिक गरिने ।





