२३ असोज , काठमाण्डौ ।
परराष्ट्रमन्त्री शिशिर खनाल र अष्ट्रेलियाको न्यु साउथ वेल्स राज्यका प्रिमियर क्रिस्टोफर ‘क्रिस’ जोन मिन्सबीच सिड्नीमा भेटवार्ता ।
भेटमा नेपालमा हालै आएको विनाशकारी बाढी तथा अन्य विपद्बाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै पुनःस्थापना र पुनर्निर्माणमा सहकार्य गर्ने विषयमा छलफल ।

भेटका क्रममा प्रिमियर मिन्सले विपद्मा परी ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै प्रभावित क्षेत्रको पुनःस्थापना तथा पुनर्निर्माणमा न्यु साउथ वेल्स सरकार नेपाललाई सहयोग गर्न तयार रहेको बताएको उल्लेख ।
परराष्ट्रमन्त्री खनालद्वारा विपद्का बेला नेपालीप्रति सहानुभूति, ऐक्यबद्धता र सहयोग देखाएकोमा न्यु साउथ वेल्सका जनता, नेपाली डायस्पोरा तथा त्यहाँका विभिन्न समुदायप्रति आभार व्यक्त ।

विपद्पछि सम्पर्कविहीन भएका अष्ट्रेलियाली नागरिकको खोजी तथा उद्धारलाई नेपाल सरकारले उच्च प्राथमिकतामा राखेको जानकारीसमेत गराए।
भेटवार्तामा नेपाल र न्यु साउथ वेल्सबीच व्यापार, ऊर्जा, खानी, पूर्वाधार तथा प्राविधिक एवं व्यावसायिक शिक्षा र तालिम (टीभीईटी) लगायतका क्षेत्रमा सहकार्य विस्तार गर्ने सम्भावनाबारे समेत छलफल ।
त्यसैगरी, दुवै पक्षबाट नेपाल र न्यु साउथ वेल्सका उच्च शिक्षण संस्थाबीच सहकार्य बढाउने तथा शैक्षिक आदानप्रदानलाई थप विस्तार गर्ने विषयमा पनि विचारविमर्श ।





