२३ असोज , काठमाण्डौ ।
ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठको पहलमा नेपाल विद्युत् प्राधिकरणले विद्युत् महसुल अनलाइनबाट भुक्तानी गर्ने घरेलु ग्राहकलाई थप सहुलियत दिने निर्णय ।
प्राधिकरण सञ्चालक समितिको निर्णयअनुसार पहिलो चरणमा ६ महिनासम्म अनलाइन भुक्तानी गर्ने ग्राहकलाई थप ०.५० प्रतिशत ‘स्मार्ट पे रिवार्ड’ उपलब्ध गराइने ।

मिटर रिडिङ भएको सात दिनभित्र महसुल तिर्दा पाइने दुई प्रतिशत छुट भने यथावत् रहने ।
यसका अतिरिक्त अनलाइनबाट जुनसुकै समयमा महसुल भुक्तानी गर्ने घरेलु ग्राहकले थप रिवार्ड पाउने ।

प्राधिकरणका अनुसार आर्थिक वर्ष २०८२÷८३ को असारसम्म ५९ लाख २७ हजार ४४० ग्राहक रहेकामा मासिक औसत १७ लाख ग्राहक अनलाइन भुक्तानी प्रणालीमा आबद्ध ।
प्राधिकरणका १२९ वितरण केन्द्रअन्तर्गत ६५५ महसुल संकलन काउन्टर सञ्चालनमा छन् भने ती काउन्टरमा ९३२ कर्मचारी परिचालित रहदा वार्षिक सञ्चालन खर्च करिब ५९ करोड ७९ लाख रुपैयाँ रहेको उल्लेख ।
प्राधिकरणको अध्ययनले काउन्टरको संख्या ६५५ बाट घटाएर ३६७ मा सीमित गर्न सकिने देखाएको छ भने यसबाट वार्षिक करिब २६ करोड २९ लाख रुपैयाँ खर्च बचत हुन सक्ने अनुमान ।





