दशैंका लागि ११ अर्ब ७९ करोडको नयाँ नोट सटही

काठमाडौं, असोज ३१
नेपाल राष्ट्र बैकको मुद्रा व्यवस्थापन विभागले दशैंका लागि भन्दै करीब ११ अर्ब ७९ करोड रूपैयाँको नयाँ नोट सटही गरेको छ । बैक तथा वित्तीय संस्था र विभागबाट गत असोज २१ गतेदेखि २९ गतेसम्म सर्वसाधारण नागरिकलाई ५, १०, २०, ५० र १०० दरका नयाँ नोटहरू वितरण गरेको हो ।

यस वर्षको दशैंमा करीब १३ अर्ब रूपैयाँको नयाँ नोट सटही गर्ने लक्ष्य लिए पनि सोमवारसम्मको प्रारम्भिक तथ्याङ्कअनुसार बजारमा ११ अर्ब ७८ करोड रूपैयाँ नयाँ नोट सटही भएको विभागका कार्यकारी निर्देशक लक्ष्मी प्रपन्न निरौलाले जानकारी दिए ।

गत वर्ष १२ अर्ब ५० करोड रुपैयाँको नयाँ नोट सटही गरिएको थियो । पछिल्ला वर्षहरूमा दशैंमा नयाँ नोट सटही गर्ने क्रेज बढ्दै जानु नोट व्यवस्थापनमा राष्ट्र बैङ्कलाई चुनौती भएको निरौलाको ठहर छ ।

यसरी नोट सटहीको सङ्ख्या प्रत्येक वर्ष बढ्दै जाँदा चुनौती थपिएको छ । नयाँ तथा सुकिला नोट नै चाहिन्छ भन्ने मानसिकता बढ्दै जाने हो भने दोहोरो मारमा पर्ने निरौलाको ठहर छ ।

नयाँ नोट सटही गर्ने वर्षौंदेखिको चलनलाई निरन्तरता दिनु औचित्य नभएको निरौलाको भनाई छ । बरु दशैंका लागि बिशेष किसिमको एउटै दरका नयाँ नोट चिनारीका लागि ल्याउनु उत्तम हुने उनले बताए ।

सर्वसाधारणको पहुँचमा नयाँ नोट पुगेपछि विशेष गरेर पूजापाठ, विवाह, ब्रतबन्धलगायतका धार्मिक तथा साँस्कृतिक पर्वमा नोट भिजाउने, अक्षता मिसाउँदा नयाँ नोट छिट्टै पूरानो हुने प्रवृत्ति बढेकोले यसलाई नियन्त्रण गर्न आम सर्वसाधारणलाई उनले अनुरोध गरेका छन् ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top