२७ असोज , काठमाण्डौ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)द्धारा आफ्ना सांसद खगेन्द्र सुनारलाई आन्तरिक छानबिन गर्दै सार्वजनिक कार्यक्रममा सहभागी हुन रोक ।
पार्टीका महामन्त्री विपिन कुमार आचार्यद्वारा जारी प्रेस विज्ञप्तिमा सांसद सुनारमाथि लागेका आरोपको विषयमा आन्तरिक छानबिन सुरु गरिएको जानकारी ।

सञ्चारमाध्यममार्फत सार्वजनिक भएका महिलाको मर्यादा र सम्मानमा आँच पुर्याउने कार्य, अनुचित दबाब, अवाञ्छित धम्की तथा शङ्कास्पद आर्थिक लेनदेनजस्ता गम्भीर विषयहरूमा पार्टीको गम्भीर ध्यान गएको विज्ञप्तिमा उल्लेख ।
रास्वपाद्धारा महिलामाथि हुने दुव्र्यवहार, पदीय मर्यादाको उल्लङ्घन र फौजदारी कसुरका विषयमा शून्य सहनशीलताको नीति रहेको स्पष्टोक्ती ।

रास्वपाले राज्यका सम्बन्धित निकायबाट अविलम्ब स्वतन्त्र, निष्पक्ष र तथ्यपरक अनुसन्धान हुनेमा विश्वास व्यक्त गर्दै रास्वपाले अनुसन्धान प्रक्रियामा पूर्ण सहयोग रहने प्रतिबद्धता जनायो ।
‘कानुनभन्दा माथि कोही पनि हुँदैन’ भन्ने लोकतान्त्रिक मान्यतामा पार्टी दृढ रहेको र आन्तरिक एवं सरकारी अनुसन्धानको निष्कर्षका आधारमा कानुन र विधानबमोजिम थप कदम चालिने विज्ञप्तिमा उल्लेख ।
कानुन उल्लङ्घन वा पदीय आचरणविपरीत कार्य गर्ने जोकोहीलाई राजनीतिक संरक्षण नरहने जानकारी ।



