२७ असोज , काठमाण्डौ ।
संघीयता कार्यान्वयन, अधिकारको बाँडफाँट तथा प्रदेशहरूबीच आपसी सहकार्यलाई प्रभावकारी बनाउने उद्देश्यका साथ विराटनगरमा ‘अन्तर प्रदेश मुख्यमन्त्री सम्मेलन–२०८३’ सुरु ।
कोशी प्रदेश सरकारको आयोजनामा सुरु भएको दुईदिने सम्मेलनको मुख्यमन्त्रीहरूले डिजिटल प्रविधिअनुसार अगाडि राखिएको कम्प्युटरको ‘माउस’ थिचेर स्क्रिनमार्फत संयुक्त रूपमा उद्घाटन ।

सम्मेलनमा सुदुरपश्चिम बाहेक छ प्रदेशका मुख्यमन्त्री, प्रमुख सचिव, मुख्य न्यायाधिवक्ता तथा प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्षहरूको सहभागिता ।
सम्मेलनको अन्त्यमा यी सम्पूर्ण साझा निष्कर्ष र संघीय सरकारसमक्ष गरिने मागहरूलाई समेटेर सातै प्रदेशका मुख्यमन्त्रीहरूको संयुक्त हस्ताक्षरसहित ‘कोशी घोषणापत्र २०८३’ जारी गरिने कार्यसूची रहेको उपाध्यक्ष तारानाथ निरौलाको जानकारी ।




