२७ असोज , काठमाण्डौ ।
विकसित र पुँजीवादी देशहरूले अपनाएको गलत विकास मोडल र जलवायु अन्यायका कारण नेपालजस्ता मुलुकहरूले ठूलो प्राकृतिक विपद्को सामना गर्नु परेको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ’प्रचण्ड’को भनाई ।
नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नम्बर ७ मा मंगलबार योङ कम्युनिस्ट लिग (वाईसीएल) नेपालले भोटेकोशी तथा त्रिशूली बाढीपीडितहरूका लागि निर्माण गरेका अस्थायी घर हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले उक्त कुरा बताएको जानकारी ।

रसुवा र नुवाकोटमा आएको यो भयानक बाढी तथा अकल्पनीय क्षति केवल प्राकृतिक विपद मात्र नभएको ’प्रचण्ड’को भनाई ।
ठूला पूँजीवादी देशहरूले कार्बन उत्सर्जन गरेर सिर्जना गरेको जलवायु परिवर्तनको दुष्परिणाम भएको तर्क ।

आफू प्रधानमन्त्री छँदा संयुक्त राष्ट्रसंघका महासचिवलाई नै नेपाल ल्याएर पग्लिँदै गरेका हिमाल देखाउँदै जलवायु न्यायका लागि विश्व मञ्चमा आवाज उठाएको स्मरण ।
सरकारको ढिलासुस्ती र बेवास्ताका कारण उद्धार तथा राहत कार्यमा ठूलो क्षति भएको भन्दै सरकारको आलोचना ।



