पाकिस्तानमा बलात्कारीलाई झुण्ड्याएर मृत्युदण्ड

एजेन्सी, असोज ३१
पाकिस्तानमा छ वर्षिया बालिका जैनाब अन्सारीको बलात्कारपछि हत्या गरेको अभियोगमा दोषी पाइएका इमरान अलीलाई झुण्ड्याएर मृत्युदण्ड दिइएको छ ।

लाहोरको कोट लाख्पात कारागारमा २१ वर्षिय इमरान अलीलाई मृत्युदण्ड दिंदा जैनाबका बाबु अमिन अन्सारी र अरु नातेदार पनि उपस्थित रहेको प्रहरीले जनाएको छ ।

यसअघि, अमिन अन्सारीले इमरान अलीलाई सार्वजनिकस्थलमा झुण्ड्याउन गरेको अपिल लोहोरको उच्च अदालतले अस्वीकार गरेको थियो । इमरान अलीले अरु छ जना युवतीमाथि पनि यस्तै कुकृत्य गरेको प्रमाणित भएको थियो ।

गत जनवरी ४ मा वेपत्ता भएकी जैनाबको शव पांच दिनपछि फोहोरको थुप्रोमा फेलापरेको थियो । घटनालगत्तै दोषीमाथि कारवाही गर्न माग गर्दै सार्वजनिकरुपमा दबाब बढेको थियो ।

प्रदर्शनकाक्रममा दुईजनाको मृत्युसमेत भएको थियो । जैनाबका परिवारले उनी बेपत्ता हुनुअघि फेलापारेको सीसीटिभी फुटेज सामाजिक सञ्जालमा भाइरल बनेपछि यसैको आधारमा प्रहरीले इमरान अलीलाई जनवरी २३ मा पक्राउ गरेको थियो ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top