विराटनगरमा कुस्ती प्रतियोगिता

विराटनगर, कात्तिक ५
बडादसैंको अवसरमा विराटनगरमा आयोजित तीनदिने कुस्ती प्रतियोगिता सम्पन्न भएको छ । ब्रह्मपुरा दुर्गा पुजा आयोजक समितिले आयोजना गरेको प्रतियोगितामा नेपाल तथा भारतका कुस्ती खेलाडीको सहभागिता रहेको थियो ।

तराईमधेशको मौलिक संस्कृतिसंग जोडिएको कुस्ती लोप हुने संघारमा पुगेपछि त्यसलाई संरक्षणगर्ने प्रयास स्वरुप ब्रह्मपुरामा विगत एक दशकदेखि कुस्ती प्रतियोगिताको आयोजना हुंदै आएको छ ।

प्रतियोगितामा भारतको दिल्ली,जयपुर,पञ्जाब,लखनउ,बनारस र बिहारका ३५ जनासहित नेपालका सर्लाही,सप्तरी र नवलपरासीका ५ जना पहलमानहरुले खेल प्रर्दशन गरेका छन ।

प्रतियोगिताका बिजयी खेलाडीहरुलाई नगदसहित सम्मान गरिएको प्रतियोगिताका संयोजक तथा वडा नम्बर ६ का वडाध्यक्ष विजय कामतले जानकारी दिए ।

मौलिक परम्परा अनुसार आयोजना गरिएको कुस्ती खेलका सहभागिलाई हौस्याउन परम्परागतरुपमा ढोल समेत बजाइएको थियो । तीन दशक अघिसम्म मोरङ र सुनसरीमा समेत उल्लेख्य संख्याका पहलमानहरु थिए ।

तर पछिल्लो समय मनोरंजनका आधुनिक साधनहरुको बिकास भएपछि कुस्ती प्रतियोगिताको आयोजनानै हुन छाडेपछि यस खेलबाट खेलाडीहरु पलायन भएका छन ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top