परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका वैदेशिकमन्त्रीबीच भेटवार्ता

२६ कात्तिक २०८३, बिहीबार
Share this
713shares

२६ कार्तिक , काठमाण्डौ ।

Advertisement

परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका वैदेशिक व्यापार तथा विकासमन्त्री भिले ताभियोबीच द्विपक्षीय भेटवार्ता ।

जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–३१) मा सहभागी हुन टर्कीएको अन्ताल्यामा रहेका मन्त्री खनालले फिनल्यान्डका मन्त्री ताभियोसँग गरेको भेटवार्तामा नेपालमा हालै गएको विनाशकारी जलवायुजन्य बाढीपछि फिनल्यान्ड सरकार र त्यहाँका जनताले व्यक्त गरेको ऐक्यबद्धता तथा तत्काल उपलब्ध गराएको मानवीय सहायताप्रति आभार व्यक्त ।

Advertisement

विपद्पछिको पुनःस्थापना र पुनर्निर्माण, प्रभावित समुदायको पुनर्वास तथा जलवायु परिवर्तनले जनजीवन, जीविकोपार्जन र पर्वतीय पारिस्थितिक प्रणालीमा पारेको असरबारे भिलेलाई जानकारी ।

भेटमा दुवै मन्त्रीले कोप–३१ प्रक्रियासहित आपसी चासोका विषयमा विचार आदानप्रदान गर्नुका साथै, नेपाल र फिनल्यान्डबीचको मैत्रीपूर्ण सम्बन्ध तथा सहकार्यलाई थप मजबुत बनाउने प्रतिबद्धता व्यक्त ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top