रारामा पर्यटकीय चहलपहल सुरु भएको छ । असोजदेखि मंसिरसम्म रारा अवलोकन गर्न उपयुक्त मानिन्छ ।
हावापानी अनुकूल र आसपासका प्राकृतिक सम्पदाको दृश्यावलोकन गर्न सजिलो हुने भएकाले यो मौसम पर्यटकको रोजाइमा पर्ने गरेको हो ।
सडक अवरुद्ध भएपछि असारदेखि भदौसम्म सुनसान रारामा अहिले पर्यटकको चहलपहल बढ्दै गएको छ ।
हवाई उडान नियमित र बर्षाका कारण अबरुद्ध सडक खुलेपछि पर्यटकको चहलपहल बढेको हो । यो समाचार आजको कान्तिपुर दैनिकमा छापिएको छ ।