Nepal Times
Nepal Times
3
Shares

मापसे विरुद्ध प्रहरी कार्वाही : सानालाई परीक्षा, ठुलालाई मुद्दा

मापसे विरुद्ध प्रहरी कार्वाही : सानालाई परीक्षा, ठुलालाई मुद्दा

विराटनगर ः मादक पदार्थ सेवन गरी सवारी कुदाउने साना सवारी चालक विरुद्ध परीक्षा सञ्चालन गरेको मोरङ प्रहरीले सार्वजनिक र ठुला सवारी चालकलाई मुद्दा चलाउन थालेको छ ।

गत असोज २३ गतेदेखि मापसे गरी सवारी चलाउने चालकलाई परीक्षा लिन सुरु गरेको प्रहरीले ठुला सवारी चालकलाई भने मुद्दा चलाएको हो ।, यो समाचार आजको उद्घोष दैनिकमा छापिएको छ ।

दुई साताको अवधिमा ६ सय ९ जनालाई परीक्षाका लागि चिट काटेको प्रहरीले दुई जनालाई सार्वजनिक हित, स्वास्थ्य सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुरमा मुद्धा दायर गरेको छ ।

मोरङ प्रहरी उपरीक्षक मनोजकुमार केसीका अनुसार मापसे परीक्षा सञ्चालन गर्नुभन्दा अघिदेखि नै मादक पदार्थ सेवन गर्नेलाई मुद्दा चलाइँदै आईएको छ ।

मोरङ प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठका अनुसार भारतीय ट्रकका चालक र अर्का सवारी चालक विरुद्ध मुद्दा दायर गरिएको हो । ठुला सवारी चालकले लापरबाही गरे बढी क्षती हुने बताउँदै प्रहरीले दुर्घटना न्युनीकरणका लागि मुद्दा चलाउन थालेको हो ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.