आमिर र दीपिका अब एउटै फिल्ममा

८ कात्तिक ७५, शुक्रबार

एजेन्सी, कात्तिक ८
बलिउड अभिनेत्री दीपिका पादुकोण चाँडै बलिउडका मिस्टर परफेक्निशट आमिर खानसँग पहिलो पटक सँगै काम गर्ने भएकी छिन् ।आमिर खानको नयाँ फिल्म ‘मोगुल’मा मुख्य अभिनेत्रीको रुपमा दीपिकाको इन्ट्री हुन सक्ने प्रवल सम्भावना रहेको बेवसाइट बलिउड लाइफले जनाएको छ ।

Advertisement

हालैमा दीपिकाले आमिरको घरमा नै पुगेर भेट गरेकी थिइन् । यसपछि चर्चा सुरु भएको थियो कि दीपिका फिल्म ‘मोगुल’ को हिस्सा बन्न सक्छिन् । फिल्ममा दीपिका अनुबन्ध भने भइसकेकी छैनन् । तर, निर्माण टिमसँग मौखिक सहमती भएको भारतीय मिडियाहरुले बताएका छन् ।

दीपिकाले फिल्म साइन गरेपनि उनी आमिरको अपोजिटमा भने हुने छैनन् । पहिला यो फिल्म बलिउड सुपरस्टार अक्षय कुमारले गर्ने पक्का भएको थियो । तर, फिल्मका निर्माताको टी–सीरीजका मालिक भूषण कुमारसँग विवाद भएपछि अक्षयले फिल्म छाडेका थिए । यसपछि आमिर जोडिएका हुन् ।

Advertisement

यस फिल्मका निर्देशक सुभाष कपूरमाथि यौन उत्पीडनको आरोप लागेको थियो । यो सबै विवाद देखेपछि आमिरले पनि उक्त फिल्म छाडेका थिए । निर्माताले निर्देशक कपूरलाई हटाएपछि आमिर पुनः फिल्ममा भित्रिएका हुन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top