मेजरसहित १८० सैनिकमाथि ‘कोर्ट मार्सल’

८ कात्तिक ७५, शुक्रबार

काठमाडौं : सिपाही भर्नामा सर्वसाधारणबाट मोटो रकम असुल्ने अधिकृतसहित करिब २ सय सैनिक कर्मचारी कारबाहीमा परेका छन् ।

Advertisement

सेनामा जागिर लगाइदिने प्रलोभन देखाएर मोटो रकम असुलेको अभियोगमा मध्यपृतना मुख्यालय (हेटौंडा) मा कार्यरत सेनानी (मेजर) सहित १ सय ८० सैनिकमाथि कोर्ट मार्सल गर्न लागिएको हो ।,आजको कारोबारको पहिलो पृष्ठमा यो समाचार छापिएको छ ।

कारबाहीमा परेकाहरु सैनिक मुख्यालयदेखि देशभरका पृतना, बाहिनी, शिक्षालय, गण, गुल्मलगायतमा कार्यरत छन् ।

Advertisement

मानवधिकार उललंघन, बहुविवाह, चेन अफ कमाण्ड उल्लघंन, कार्यालय समयमा मादक पदार्थ सेवन गरेर अभद्र व्यवहार प्रदर्शन, लागू पदार्थ सेवन तथा ओसारपसार लगायत अभियोगमा पनि ठूलो संख्यामा अधिकृत , पदिक र अन्य दर्जाका कर्मचारीमाथि कोर्ट मार्सल गर्न लागिएको सैनिक मुख्यालयले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top