वीरगञ्ज,कात्तिक १०
वीरगञ्ज महानगरपालिका–१६ बाट पेस्तोल सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पर्साको वीरगञ्ज महानगरपालिका–१६ बाट एपीएफ टोलीले भारतीय नम्बरको स्कारपियो जाँच गर्ने क्रममा एउटा पेस्तोल, सोको दुईवटा म्याग्जिन र ८ वटा गोलीसहित तीन जनालाई पक्राउ गरेको हो ।
भारतीय नम्बर बीआर ०५ पीए ६१७७ को स्कारपियोमा सवार भारत बिहारका अवद बिहारी प्रसाद, उमेशप्रसाद गुप्ता र गाडी चालक ओमप्रकाश पासवान लाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका तीनै जनालाई आवश्यक कारबाहीको लागि स्थानीय प्रहरीमा बुझाइएको छ ।