×

NEPAL TIMES UPDATES

Playing
उपसभामुखमा रुबी ठाकुर निर्वाचित, रचिन् इतिहास || Nepal Times
Apr 10, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-27-2082 || Nepal Times
Apr 10, 2026
Playing
उपसभामुखमा साथ नपाएपछि रास्वपासँग रिसाए ज्ञानेन्द्र र खुश्बु || Nepal Times
Apr 10, 2026
Playing
ओली–लेखक जमानतमा रिहा, मुद्दा ज्यूँका त्यूँ, अब के हुन्छ ? || Nepal Times
Apr 10, 2026
Playing
देउवालाई इन्टरपोल मार्फत नेपाल ल्याउन छैन् सहज || Nepal Times
Apr 10, 2026
Playing
राष्ट्रपतिले संसद्को संयुक्त बैठकलाई गरेको सम्बोधनको पूर्ण पाठ || Nepal Times
Apr 10, 2026
Playing
रुबीलाई बहिनी भनिएकोमा हर्कको आपत्ति,माननीय भनौं, ज्येष्ठ नागरिकलाई सम्मान गरौं|| Nepal Times
Apr 10, 2026
Playing
World News: अमेरिकी र इरानी इस्लामाबादमा एउटै टेबलमा,खामेनीले भने इरानले विश्वलाई चकित पार्याे
Apr 10, 2026
Playing
बालेन सरकारको निर्णयविरुद्ध विद्यार्थी आ*न्दोलित, कालापानी पनि एजेण्डा|| Nepal Times
Apr 10, 2026
Playing
अंश विवादको भया वह अ न्त्य, ४२ वर्षीया महिलाको ह त्या, भान्जा प क्रा उ || Nepal Times
Apr 10, 2026

सरकारी जग्गा कीर्ते गरी बेचेको अभियोगमा ७ जनाविरुद्ध मुद्दा

११ कार्तिक २०७५

काठमाडौँ,कात्तिक १४
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक जग्गा कीर्ते कागजात गरी भ्रष्टाचार गरेको अभियोगमा जिल्ला मालपोत कार्यालय, परासीका कर्मचारीसहित सात जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगका अनुसार परासीको साविक जयखानी–३ गुल्मीका दीपक सुनारले साविक तिलकपुर गाविस–५ हाल सरावल गाउँपालिका–१ को सार्वजनिक जग्गा कीर्ते कागजात तयार गरी लुम्बिनी ग्यास उद्योगलाई बेचबिखन गरेको पाइएको छ ।

Advertisement
Advertisement

आयोगका प्रवक्ता रामेश्वर दङ्गालका अनुसार मालपोत कार्यालय परासीका मालपोत अधिकृत मनोहरप्रसाद पन्थी, खरिदार जीवलाल भुसाल र कम्प्युटर अपरेटर एजाज खाँले रु दुई करोड ८६ लाख ५२ हजार बराबरको भ्रष्टाचार गरेको अनुसन्धानबाट खुल्न आएको छ ।

मालपोत कार्यालय परासीका कर्मचारीसमेतको मिलेमतोमा सरकारी, सार्वजनिक प्रकृतिको जग्गा व्यक्ति विशेषको नामबाट अमुक कम्पनीको नाममा बिक्री वितरण गर्ने प्रयोजनका लागि राजीनामाको लिखत तयार गरी पारितसमेत गरेको अध्ययनबाट देखिएको छ ।

उक्त जग्गाको मालपोत कार्यालय परासीको आर्थिक वर्ष २०७४र७५ को न्यूनतम् सरकारी मूल्याङ्कन पुस्तिका अनुसार प्रतिकट्ठा रू पाँच लाख २० हजारको दरले गैरकानूनी रूपमा व्यक्ति विशेषको नाममा कम्प्युटरमा प्रविष्ठ गरी नक्कली स्रेस्ता, पूर्जा खडा गरी कार्यालयमा रहेको मोठ ठेलीमा घुसाएको पाइएको छ ।

स्थानीय वडा कार्यालयको घर बाटो सिफारिससमेत केरमेट गरी गराई त्यसका आधारमा हक हस्तान्तरणका लागि राजीनामाको लिखत पारित गरेको, आफ्नो पदको दुरुपयोग गरी बद्नीयतपूर्वक सरकारी, सार्वजनिक सम्पत्ति हानि नोक्सानी पुर्याएको आयोगको दाबी छ ।

यस्तै सार्वजनिक जग्गा बिक्री वितरण गरी भ्रष्टाचारजन्य कार्य गर्ने दीपक सुनार, बिक्री वितरण गराउने कार्यमा प्रत्यक्षरूपमा संलग्न यादवप्रसाद भण्डारीविरुद्ध पनि विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले लुम्बिनी ग्यासका प्रतिनिधि सुरेन्द्रराज पौड्याल र प्रत्यक्ष संलग्न सुदन श्रेष्ठविरुद्धसमेत मुद्दा दायर गरेको छ ।

Advertisement

यसैबीच प्रहरी प्रधान कार्यालय, नक्साल काठमाडौँमा कार्यरत प्राविधिक प्रहरी नायब निरीक्षक रामबहादुर सिंह भण्डारीको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली दाबीसहित आजै विशेष अदालतमा मुद्दा दायर गरेको छ । रासस

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top