‘बधाई हो’आयुष्मान खुरानाको सर्वाधिक हिट फिल्म

११ कात्तिक ७५, सोमबार

एजेन्सी,कात्तिक ११
अक्टोबर १८ मा रिलिज भएको बलिउड चलचित्र ‘बधाई हो’ ले अहिलेसम्म ७६ करोड भारु कमाइसकेको छ। दोस्रो सातामा पनि बक्स–अफिस उत्साहजनक देखिएको छ ।

Advertisement

आयुष्मान खुराना र सान्या मल्होत्रा अभिनीत सो फिल्म आयुष्मान खुरानाको करिअरमा सबैभन्दा बढी कमाउने फिल्म बनेको छ। बलिउडका व्यापार विश्लेषक तरण आदर्शको ट्विट अनुसार, दोस्रो सप्ताहन्तको शुरुवाती दुई दिन अर्थात् शुक्रबार र शनिबार गर‘बधाई हो’ ले ९ करोड ९० लाख कमाएको छ।

फिल्मको कमाइ बारे लगाइएको अनुमानलाई गलत साबित गर्दै कम बजेटमा बनेको यो फिल्मले राम्रो व्यापार गरेको उनले बताएका छन्। करीब २० करोडमा निर्माण भएको सो फिल्मले कमाउने क्रम जारी रहँदा एक सय करोड क्लबमा प्रवेश गर्ने सम्भावना देखाएको छ।

Advertisement

अमित शर्माले निर्देशन गरेको यस फिल्ममा आयुष्मान र सान्याका साथै गजराज राव, नीना गुप्ता, सुरेखा सीकरी मुख्य भूमिकामा छन्।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top