Nepal Times
Nepal Times
3
Shares

मंसीर ८ गते सार्वजनिक हुँदै विप्लव, वैद्यलाई निम्तो

मंसीर ८ गते सार्वजनिक हुँदै विप्लव, वैद्यलाई निम्तो

काठमाडौं : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आगामी मंसिर ८ मा काठमाडौंमा जनसभा गर्दै छ । भूमिगत शैलीमा आफ्ना गतिविधि अघि बढाएको आरोप लागेका सो पार्टीले मंसिरमा खुलामञ्चमा जनसभा गर्न लागेको हो ।

सभामा एक लाखभन्दा बढी सहभागी गराउने योजना बनाएको नेकपाले जनाएको छ । हाल विप्लव कहाँ छन् भन्ने जानकारी गराइएको छैन ।केही दिनअघि सत्तारुढ दल नेकपाको चियापान कार्यक्रममा विप्लव बस्ने स्थान पत्ता नलागेपछि सार्वजनिक सूचना जारी गरी निम्तो पठाइएको थियो ।

सभामा नेकपाले मोहन वैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी माओवादीलाई आमन्त्रण गर्ने भएको छ। सो सभामा पार्टीका महासचिव विप्लव, प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ लगायत नेताहरुले सम्बोधन गर्ने जनाइएको छ।,यो समाचार आजको नेपाल समाचारपत्रमा छापिएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.