निर्मला हत्या प्रकरण : दबाबमूलक समूह नै दुई गुट !

१२ कात्तिक ७५, मंगलबार

कञ्चनपुर : तीन महिना बितिसक्दा पनि निर्मला पन्तको हत्यारा पत्ता नलागेको भन्दै महिलाअधिकारकर्मी तथा स्थानीयले सोमबार महेन्द्रनगरमा प्रदर्शन गरेका छन् ।उनीहरुले शीघ्र हत्यारा पत्ता लगाउन माग गर्दै प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् ।

Advertisement

सरकारले तत्कालीन प्रहरी एसपी डिल्ली विष्ट र प्रहरी निरीक्षक जगदीश भट्टलाई बर्खास्त मात्र गरेकाले निर्मलाको हत्यारा पत्ता लगाउने कुरा ओझेलमा पार्न खोजेको भन्दै असन्तुष्ट स्थानीयले प्रदर्शन गरेका हुन् ।

आन्दोलनमा दुई गुट

Advertisement

निर्मला पन्तको हत्यारा पत्ता लागाउनु पर्छ भन्ने एउटै मागका लागि गरिएको आन्दोलन दुई गुटमा बाँडियो ।सुरुका दिनमा निर्मला हत्या पत्ता लगाउन हेलन श्रेष्ठको संयोजकत्वमा गठन भएको संघर्ष समितिले अगुवाई गर्यो । केही सातापछि मीना भण्डारीको संयोजकत्वमा अर्को नागरिक संघर्ष समिति गठन भयो ।

एकले अर्कोको अस्तित्व नस्वीकार्ने दुई समितिमा बााडिएका महलिाबीच द्धन्द भइरहेका बेला मीना भण्डारीको टीमका महिला अधिकारकर्मीले निर्मलाकी बुवा यज्ञराज पन्त र आमा दुर्गादेवी पन्तलाई अर्को टीमका महिलालाई जानकारी नदिई भदौ २५ गते काठमाडौं लगेपछि यी दुई गुटको विवाद छताछुल्ल भयो ।,यो समाचार आजको नागरिक दैनिकमा छापिएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top