×

NEPAL TIMES UPDATES

Playing
जीवनभर अन्यायविरुद्ध लडेँ, अब दुई तिहाइ सरकारको डरमा न्याय सम्भव छैनः सपना मल्ल || Nepal Times
May 09, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
May 09, 2026
Playing
आशिका तामाङलाई स्पष्टीकरण सोध्ने रास्वपाको तयारी|| Nepal Times
May 09, 2026
Playing
युएस–इरानबीच केही दिनमै वार्ता, नेटोविरुद्ध खनिए पुटिन|| Nepal Times
May 09, 2026
Playing
पुराना दलकालागि कोशीमा रास्वपाभन्दा श्रम संस्कृति नै भारी !|| Nepal Times
May 09, 2026
Playing
इरानको नियति भोग्ने उत्तर कोरियालाई डर, परमाणु हतियारले बचाउला ?|| Nepal Times
May 09, 2026
Playing
Hormuzमा गोला बारी, ह्वाइटहाउसमा शान्तिको चर्चा जारी || Nepal Times
May 09, 2026
Playing
ख*तरा हुँदाहुँदै पनि यु*क्रेन किन जान्छन् नेपालीहरु ?|| Nepal Times
May 09, 2026
Playing
प्रशिक्षण कार्यक्रममा किन आएनन् सबै सांसद? अब पार्टीले मूल्यांकन गर || Nepal Times
May 09, 2026
Playing
World News:रुसी र साउदी विदेशमन्त्रीबीच वार्ता, पोप र मेलोनीलाई फकाउँदै रुबियो|| Nepal Times
May 09, 2026

धरहरा निर्माणको शिलान्यास तिहारअघि, ७२ मिटर अग्लो बन्ने

१३ कार्तिक २०७५

काठमाडौँ ,कात्तिक १३

भूकम्पले भत्किएको धरहरा यथावत् छाडेर नयाँ निर्माणका लागि तिहारअघि नै शिलान्यास हुने भएको छ ।

Advertisement
Advertisement

भत्किएको ‘भीमसेनस्तम्भ’ पुरानै अवस्थामा राखी सुन्धारा क्षेत्रमा अर्को बनाउन जमीन सम्याउने काम सम्पन्न भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ ।

शिलान्यास गर्न सबै तयारी पूरा गरी प्रधानमन्त्रीको समय माग गरिएको प्राधिकरणका सहसचिव राजुमान मानन्धरले जानकारी दिए ।

सुन्धारा क्षेत्रको जमीनमुनिबाट नेपाल टेलिकमले टेलिफोनको तार र माथिबाट नेपाल विद्युत् प्राधिकरणले बत्तीको तार लगेकाले काममा समस्या भएको छ । जमीन सम्याउन खन्दा हाल २०० टेलिफोन सेवा अवरुद्ध भएको छ ।

टेलिकमको २४ हजार लाइनको तार सुन्धारा क्षेत्रको जमीनमुनिबाट बिच्छ्याइएको छ । टेलिकम र विद्युत् प्राधिकरणलाई तार व्यवस्थापनको अनुरोध गरिसकिएको उनले बताए ।

धरहरा बनाउन प्रयोग हुने निर्माण सामग्री टुँडिखेलमा राखिएको छ । गोश्वारा हुलाकसँगैको पसलका टहरा हटाए पनि पाल राखेर फेरि व्यापारीले पसल चलाउन थालेका छन् । यसतर्फ सरोकार भएका निकायको ध्यान जान सकेको छैन ।

गत भदौ १७ गते नवौँ पटकमा धरहरा निर्माणको आर्थिक प्रस्ताव खुला भएको थियो । प्रस्तावानुसार निर्माण कम्पनी जिआइइटीसी÷रमन जेभी छानिएको थियो । कम्पनीले रु तीन अर्ब ४५ करोडमा धरहरा निर्माण गर्नेछ । प्राधिकरणको लागत अनुमान रु चार अर्ब ३८ करोड थियो ।

धरहरा पुनःनिर्माणका लागि छ निर्माण व्यवसायीले प्राविधिकसहित आर्थिक प्रस्ताव दर्ता गरेका थिए । तीमध्ये प्राविधिक प्रस्तावमा पाँच निर्माण व्यवसायीका मात्र स्वीकृत भएको थियो ।

तत्कालीन मुख्तियार (हाल प्रधानमन्त्रीसरह) भीमसेन थापाले आफ्नी पत्नी ललितत्रिपुरासुन्दरी (मृत्यु विसं १८८८)का सम्झनामा विसं १८८८ पछि बनाएको भीमसेनस्तम्भ तीन वर्षअघिको भूकम्पसहित चार पटक ढलिसकेको छ ।

धरहरा पटक पटक ढलेकाले पुरानो संरचना यथावत् सिसाले छोपेर २२ तलाको नयाँ बनाउने प्राधिकरणको तयारी छ । यसअघिको धरहरा नौ तलाको थियो । विसं १८८८अघि नै बागदरबार (हाल हरिभवन भनिने)मा निजी रुपमा थापाले धरहरा बनाएको इतिहासकार प्रा दिनेशराज पन्तले बताए ।

उनका अनुसार विसं १८९० को भूकम्पमा दुवै धरहरा भत्केकामा बागदरबारभित्रको धरहरा नबनेको तर भीमसेनस्तम्भ भने पुनःनिर्माण गरिएको थियो । प्रधानमन्त्री श्री ३ जुद्धशम्शेरले विसं १९९० मा एघारतलेबाट नौतलेमा त्यसलाई झारेको बताइन्छ ।

नयाँ धरहरा बनाउन आधुनिक निर्माण सामग्रीको प्रयोग गरिने भएको छ । अब बन्ने धरहरामा लिफ्ट र भ¥याङसमेत राखिनेछ । धरहरा गुम्बज र गजूरसहित ७२ मिटर अग्लो बन्नेछ ।

भत्किएको धरहराको पूर्वपट्टि नयाँ धरहरा निर्माण गरिनेछ । यसअघि टेलिकमलाई धरहरा बनाउने गरी जिम्मेवारी दिइए पनि पछि हटेको थियो । टेलिकमले आफैँ नबनाए पनि रु एक अर्ब सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।

‘मेरो धरहरा मै बनाउँछु’ अभियानअन्तर्गत धरहरा पुनःनिर्माण कोषमा रु २४ करोड जम्मा भइसकेको छ । बाँकी स्रोत सरकारले नै व्यहोर्ने भएको छ । पुरातत्व विभाग र टेलिकम दुवैले बनाउन नसक्ने भएपछि प्राधिकरण आफैँले बनाउने निर्णय गरेको सहसचिव मानन्धरले बताए ।

धरहराले गोश्वारा हुलाक कार्यालयसमेतको जग्गा खाली गर्ने भएको छ । हुलाक कार्यालयलाई भवन खाली गर्न पत्राचार गरिसकिएको प्राधिकरणले जनाएको छ । कुल २४ रोपनी क्षेत्रफलमा धरहरा, पार्किङ र बगैँचासमेत बनाइनेछ । हाल हुलाक रहेको स्थानमा बगैँचा र पार्किङ स्थल निर्माण गरिनेछ ।

धरहरा बनाउन शुरु गरिहाल्ने र हुलाकलाई हटाउने काम जारी राखिने प्राधिकरणले जनाएको छ । धरहरा निर्माणसँगै सुन्धारामा पानी आउने व्यवस्था मिलाइने भएको छ । धारामा कसरी पानी खसाल्ने भनी अध्ययन भइरहेको सहसचिव मानन्धरले सुनाए ।

Advertisement
Advertisement

–पूर्णप्रसाद मिश्र /रासस

भर्खरको समाचार

भुक्तानी विवादले रोकियो राष्ट्रिय सपना गौतमबुद्ध रंगशालाको काम

GautamBuddhacricketstadium_20211223141704 (1)

लिपुलेकबारे बालेन सरकारले अब भारतसँग वार्ता गर्ने

MixCollage-08-May-2026-03-47-PM-2837

नेपालको पासपोर्ट विश्वका सबैभन्दा कमजोर देशहरूको सूचीमा

Passports-1024x672

हर्कको राजनीतिःआफ्नै दलको उपसभामुखविरुद्ध खेद जनाए

Screenshot 2026-05-08 152545

युएईमा क्षेप्यास्त्र र ड्रोन खतरा, नागरिकलाई गराइयो अलर्ट

UAE-FLAG-ILOE-scheme-1

संघीयताको जननी मधेशमै संघीयता धरापमा, जनमतको फोहोरी खेल

ck-raut_nwdI37ZBNo

चीनका दुई पूर्वरक्षामन्त्रीलाई सुनाइयो मृत्युदण्ड

Screenshot 2026-05-08 144358

सूर्यमुखी तेल उत्पादक कम्पनीका सञ्चालक पक्राउ

Screenshot 2026-05-08 143549

स्ट्रेट अफ होर्मुजमा अमेरिका र इरानबीच भिषण भिडन्त

HORMUZ

प्रधानन्यायाधीश सिफारिसमा प्रश्न उठाउनेलाई बालेनले दिए जवाफ

manoj_sharma-750x375@2x

सम्बन्धित खबरहरु

Scroll to Top