कार्तिक, १५काठमाडौं
राष्ट्रपति विद्यादेवी भण्डारी कतारको चार दिने औपचारिक भ्रमण पूरा गरी बिहीवार साँझ स्वदेश फर्किंदै छिन । मित्र राष्ट्र कतारका अमिर शेख हमाद बीन खालिदा अल थानीको मैत्रीपूर्ण निमन्त्रणामा एक प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रपति भण्डारी सोमवार कतार भ्रमणमा गएकी थिईन् ।
कतारमा रहदा राष्ट्रपति भण्डारीसँग कतारका अमिर लगायत त्यहाँका सरकारी उच्च अधिकारीहरूसँग भेटवार्ता भएको थियो । उनले त्यहाँका विभिन्न स्थान र सम्पदाकोसमेत भ्रमण गरेकी थिईन । राष्ट्रपति भण्डारीलाई कतारका मन्त्री र कतारका लागि नेपाली राजदूत रमेशप्रसाद कोइरालालगायत दूतावासका अधिकारीहरूले हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा विदाइ गर्ने कार्यक्रम रहेको कतारस्थित दूतावासले बताएको छ ।