×

NEPAL TIMES UPDATES

Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी ‘युवा परिषद् नेपाल’ भर्सेस चिनियाँ ‘युथ पायोनियर प्रोग्राम’ || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026
Playing
आईसीसी वुमेन्स च्यालेन्ज ट्रफीः अमेरिका र नेपाल खेल्दै#NEPAL #CRICKET #USA || Nepal Times
Apr 18, 2026

सरकारद्वारा सय नयाँ पर्यटकीय गन्तव्य सार्वजनिक, प्रदेश १ का ३० स्थान सूचीमा

१५ कार्तिक २०७५

काठमाडौ, कार्तिक १५
सरकारले पर्यटन विकासका लागि एक सय ओटा नयाँ पर्यटकीय गन्तव्य बिहीवार सार्वजनिक गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल पर्यटन बोर्ड, स्थानीय तथा प्रदेश सरकार र सरोकारवालाबाट सिफारिस भएको र आवेदन परेको गन्तव्यको आधारमा थप एक सय नयाँ गन्तव्य छनोट गरेको हो ।

नयाँ पर्यटकीय गन्तव्यका लागि देशैभरबाट परेका ६ सयभन्दा बढीको आवेदन तथा प्रदेश र स्थानीय सरकारले दिएको सुझाव र मन्त्रालयले गरेको अध्ययनको आधारमा नयाँ गन्तव्य छनोट गरिएको मन्त्रालयका सहसचिव घनश्याम उपाध्यायले जानकारी दिए ।

Advertisement
Advertisement

नयाँ गन्तव्य छनोटका लागि मन्त्रालयले ५ आधार तय गर्दै भदौमा सूचना प्रकासित गरेको थियो । नयाँ विकास गर्नु पर्ने गन्तव्यहरुमा चालु आर्थिक वर्षमा विनियोजित बजेटबाट बाँडफाँट गरिने मन्त्रालयले जानकारी दिएको छ ।

सय ओटा नयाँ गन्तव्यको पूर्वाधार लगायतका क्षेत्रको विकासका लागि ५० करोड रुपैयाँ बजेट विनियोजन गरिएको र प्रत्येक गन्तव्यलाई रू। ५० लाख रुपैयाँका दरले बजेट छ्ट्याइएको मन्त्रालयका सहसचिव तथा प्रवक्ता घनश्याम उपाध्यालले जानकारी दिए ।

सरकारले सार्वजनिक गरेको नयाँ पर्यटकीय गन्तव्यकोसूचीमा प्रदेश १ का १४ जिल्लालाई पनि समेटिएको छ । जसमा प्रदेशका ३० स्थान पर्यटकीय गन्तव्यको सूचीमा पर्न सफल भएका छन । सरकारले प्रदेश १ मा सवैभन्दा धेरै झापा र सुनसरीका ४,४ स्थानलाई पर्यटकीय गन्तब्यको सूचीमा राखेको छ । मोरङबाट भने सरकारको सूचीमा एउटा मात्र गन्तब्य स्थल परेको छ । धनपालगढी पर्यटकीय क्षेत्र, बेलबारी मात्र नयाँ तथा विकास गर्नुपर्ने गन्तब्यको सूचीमा परेको छ ।

यस्तो छ धनपालगढी
पर्यटकीय स्थल धनपालगढी बेलबारी –५ कसेनीमा रहेको छ । धनपाल राजाको दरबार रहेकाले धनपाल गढी भनिएको हो । धनपाल राजा, उनको दरबार र त्यसबेलको रहनसहनको बारेमा खोजी गर्ने कार्य जारी रहेको स्थानीय बताउँछन ।३५ बिघा क्षेत्रफलमा रहेको गढी पर्यटकीय सम्भावना बोकेको क्षेत्र हो । ७ वटा पोखरी रहेको उक्त क्षेत्रमा अहिले ३ वटा मात्र पोखरी रहेका छन । अन्य ४ वटा पोखरी भने जीर्ण अवस्थामा छन । वैशाखमा यहाँ ठुलो मेला लाग्ने गरे पनि संरक्षणको अभावमा यहाँका भौतिक संरचना बिग्रंँदै जान थालेका छन। धनपाल राजाको दरबार केही वर्ष अघिसम्म रहे पनि अहिले भग्नावशेषसमेत बाँकी छैन । सम्पदाहरू लोप हुदै जान थालेपछि अध्ययन अनुसन्धान गर्नेहरूले यो क्षेत्रलाई रोज्ने गरेका छन । विवाहपछि नवदम्पत्तिले मेलाको बेला यहाँ रहेको पोखरीको बीचमा गएर पूजाआजा गर्नुपर्ने स्थानीयको मान्यता छ ।
सरकारद्वारा सार्वजनिक नयाँ गन्तव्यहरुको सूचीहरुः

Advertisement

100-destinations11012018113957

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top