विराटनगर महानगरपालिकामा इजालस कक्ष सुरु

१४ कात्तिक ७५, बिहीबार

विराटनगर, कात्तिक १५
विराटनगर महानगरपालिकाको न्यायिक समितिले इजालस कक्षबाट मुद्दाको सुनुवाई गर्ने प्रकृया शुरु गरेको छ । बिहिबार एक कार्यक्रमको आयोजना गरेर विराटनगर महानगरपालिका मेयर भिम पराजुली , उपमेयर एवं न्यायिक समितिका संयोजक इन्दीरा कार्की सहित समितिका सदस्यहरुले समितिका इजलासको शुभारम्भ गरेका छन् ।

न्यायिक समितिमा पर्ने मुद्धा यसअघि इजालस कक्षको अभावमा उपमेयरको कार्यकक्षबाट नै कार्यसम्पादन हुदै आएको थियो ।
महानगरले बिहिबारबाट छुटै इजालस कक्षको निर्माण गरी मुद्दाको निरुपण गर्ने कार्य शुरु गरेको उपमेयर इन्दिरा कार्कीले जानकारी दिईन् ।

उपमेयर एव समितिका संयोजक कार्कीका अनुसार न्यायिक समितिमा पर्ने मुद्दाको सुनवाई अव साप्ताहिक रुपमा इजालस कक्षबाट कार्य सम्पादन गरिने छ । उपमेयर कार्की संयोजक रहेको तीन सदस्य न्यायिक समिति इजालसमा विनोदकुमार बस्नेत र तिर्र्थेन्द्र न्यौपाने सदस्य रहेका छन् ।

Advertisement

संविधानको धारा २१७ बमोजिम स्थानीय तहका उपमेयरको संयोजकत्वमा छुटै न्यायिक समिति निर्माण गर्ने व्यवस्था गरिएको छ । जसमा स्थानीय स्तरमा विवाद निरूपण गर्न देवानी प्रकृतिका मुद्दाहरु सामान्यतय जग्गा जमीन, अंशबण्डा, जस्ता मुद्दाको सुनवाई गर्ने अधिकार समितिलाई प्रदान गरेको छ ।

विराटनगर महानगरपालिको न्यायिक समितिमा एक बर्षको अवधिमा ७१ वटा मुद्दा परेका छन । स्थानिय सरकार गठन भएको एक बर्षको अवधिमा परेका मुद्दामध्ये सम्बन्ध विच्छेदका २३ वटा मुद्दा परेको छन् ।

घर जग्गा मोही सम्बन्धी परेको १२ वटा मुद्दा परेका छन् । खान लगाउन पाँउ भनेर परेको मुद्दामा दुईवटा,बसोवास र क्षतीपूर्ती सहित शान्ति सुरक्षाको सम्बन्धी परेको ३४ वटा मुद्दा प।ेका छन् । हप्तामा करिव तीन वटा मुद्दा दर्ता हुने गरेको न्यायिक समितिले जनाएको छ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top