मोरङको डंग्राहामा कांग्रेसको शुभकामना आदानप्रदान कार्यक्रम

मोरङको डंग्राहामा कांग्रेसको शुभकामना आदानप्रदान कार्यक्रम

विराटनगर,कात्तिक १६
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संघीयता र संविधानको सफल कार्यान्वयन गराउने दायित्व कांग्रेसको काँधमा आएको बताएका छन् ।

नेपाली कांग्रेस क्षेत्र नम्बर ६ द्वारा मोरङको बूढीगंगा गाउँपालिकाको डंग्राहामा बिहीबार शुभदीपावली, छठ तथा नेपाल सम्वतको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै नेता कोइरालाले संघीयतालाई असफल बनाउने खेल भइरहेकाले त्यसको खवरदारीका लागि कांग्रेस सक्रिय हुनुपर्ने बताए ।

नेता कोइरालाले संघीयता असफल भयो भने दलहरुको अस्तित्व समाप्त हुने दाबी गरे । उनले कांगे्रसको चाहना वर्तमान सरकारलाई सहयोग गर्नु रहेको भन्दै सरकारले जनभावनाअनुसार काम गर्न नसकेको आरोप लगाए ।

नेता कोइरालाले संविधानको मर्मअनुसार सरकार चल्नुपर्ने बताए । देशमा शान्ति सुरक्षाको अवस्था खस्केको बताउँदै उहाँले कांग्रेसका कार्यकर्तामाथि आक्रमण हँुदा पनि सरकार निरीह भएर बसेको आरोप लगाए ।

कार्यक्रममा बोल्दै पूर्वमन्त्री सञ्जय गौतमले कांग्रेसलाई संगठित बनाउन नेतृत्व तहबीच एकता हुनुपर्नेमा जोड दिए । उनले कांग्रेसको आन्तरिक गुटबन्दीका कारण पराजय भोग्नु परेको भन्दै कांग्रेसका नेताहरुले आफूलाई सच्याउनुपर्ने बताए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.