स्थानिय तहमा बजेट दुरुपयोग बढ्दो, जनप्रतिनिधि र कर्मचारी विदेश भ्रमणमा

विराटनगर, कात्तिक १८
मोरङको सुनवर्षी नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरु पद र बजेटको दुरुपयोग गर्दै विदेश भ्रमणमा गएको पाइएको छ । सो नगरपालिकाका मेयर कालिप्रसाद दास र उपमेयर मञ्जु राई लगायतको टोलि पद र बजेटको दुरुपयोग गर्दै छिमेकी मुलुक भारतका पर्यटकीय स्थलहरुको भ्रमण गर्न पुगेको पाईएको हो ।

सो नगरपालिकाका मेयर, उपमेयर, वडाध्यक्ष तथा कर्मचारीहरुको टोलि कृषि क्षेत्रको विकासका लागि छुट्याएको बजेट दुरुपयोग गर्दै जनप्रतिनिधि बिदेश भ्रमणमा गएका छन् ।

नगरपालिकाका मेयर कालिप्रसाद दासले नेतृत्व गरेको भ्रमण टोली भारतको सिक्कीम, दार्जेलिङ, ग्यान्टोकलगायतका पर्यटकीय स्थलहरुमा पुगेको हो । टोलीमा उपमेयर मञ्जु राई, प्रशासकीय अधिकृत राजकुमार केसीसहित ८ जना वडा अध्यक्ष, नगरपालिकाका शाखा प्रमुखहरु र केही कृषकहरुसमेत २२ जना थिए ।

गत बुधबार कृषि अध्ययन अवलोकन भ्रमणका लागि सुनसरी, मोरङ, झापा र इलामका जाने कार्यतालिका बनाएर भ्रमण टोली निस्किएको थियो । उक्त टोलीका सदस्यहरुले सिक्कीमको ग्यान्टोक पुगेर फेसबुकमा फोटो सार्बजनिक गरेपछि कृषि अवोलकन भ्रमणको नाममा बिदेश पुगेको रहस्य खुलेको हो । आलोचना सुरु भएपछि ति कर्मचारीहरुले फेसबुकमा राखेको फोटो हटाएका थिए ।

सो नगरपालिकाले चालु आर्थिक वर्षका लागि कृषि क्षेत्रको विकासका लागि ७ लाख रुपैयाँ बजेट बिनियोजन गरेको । सो रकम मध्ये ५ लाख बजेट लिएर टोली अवलोकन भ्रमणका निस्किएको थियो । सुनबर्सी नगरपालिकाका कार्यवाहक अध्यक्ष प्रताप तामाङले पाँच लाख बजेट विनियोजन भएको बताउँदै सो बजेटबाट मेयरको टोलि भारत पुगेको भन्ने बिषयमा आफूलाई जानकारी नभएको दावी गरे ।

अवलोकन भ्रमणमा नगएका उनलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइएको छ । ‘मेयरसाप हरुको टोलि झापा, मोरङ, सुनसरी र इलाममा भएका कृषि क्षेत्रको अध्ययन अवलोकनका लागि भनेर जानु भएको हो,’ कार्यवाहक अध्यक्ष तामाङले भने ‘नगरपालिकाबाट मलाई पाँच दिनको कार्यवाहक दिइएको छ ।’

नगरपालिकाका सबै फाटवाला प्रमुखहरु भ्रमणमा गएपछि नायव सुब्बा नगेन्द्र पराजुलीलाई निमित्त प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको थियो । यता भ्रमणबाट फर्किएका मेयर कालिप्रसाद दासले भने आफ्नो टोलि पशुपतिनगरसम्म मात्र पुगेको दाबी गरेका छन् । उनले भने ‘हामी पशुपतीनगरसम्म पुगेका हौं,’ सिक्किम गएका छैनौँ ।’ भ्रमण टोलीको एक सदस्ययका अनुसार बिहीबार सिक्कीम गएको टोली शुक्रबार साँझ पशुपतीनगर आएर बसेको थियो ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top