आनन्द इट्टामा कैफियत भेटियो, न्यूनतम पारिश्रमिक पनि नदिइएको भेटियो

१८ कात्तिक ७५, आइतबार
Share this
765shares

विराटनगर,कात्तिक १८
श्रम तथा रोजगार कार्यालय विराटनगरले मोरङको धनपालथान गांउपालिकास्थित आनन्द इट्टा उद्योगमा अनुगमन गरेको छ । श्रम तथा रोजगार कार्यालयका प्रमुख बरिष्ठ श्रम अधिकृत प्रेमप्रसाद संजेल नेतृत्वको टोलीले सो उद्योगमा अनुगमन गरेको हो ।

Advertisement

अनुगमनको क्रममा विभिन्न कैफियत भेटिएको छ । अनुगमनको क्रममा सो उद्योगले नियम विपरित भारतीय ठेकेदारबाट मजदुर ल्याउने गरेको फेला परेको छ भने मजदुरले पाउनुपर्ने दैनिक ज्याला ५ सय १७ रुपैया भन्दा कम पारिश्रमिक दिने गरेको खुलेको छ ।

Advertisement

यसैगरी मजदुरहरुकालागि उचित वासस्थान र स्वास्थ्य उपचारको ब्यवस्था नगरिएको,मजदुरहरुको इन्सोरेन्सको व्यवस्था नगरेको भेटिएको बरिष्ठ श्रम अधिकृत प्रेमप्रसाद संजेलले जानकारी दिए ।

उनले अनुगमनको क्रममा २ जना बालक समेत श्रम गर्दै गरेको भेटिएको जानकारी दिए । अनुगमनको क्रममा कैफियत भेटिएकाले सो उद्योगलाई सुधारगर्न पत्र पठाइने उनले बताए । मंसिर १ गतेसम्ममा नियमानुसारको सुधार नगरे कारवाही प्रक्रिया अघि बढाइने उनले बताए ।

Advertisement

यता उद्योगले भने उद्योगमा बालश्रमिकको प्रयोग नगरिएको दाबी गदै भारतबाट अभिभावकसंगै आएका बालबालिका माटोमा खेल्ने गरेको हुनसक्ने बताएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top