विराटनगर, कार्तिक १८
विराटनगरमा अत्यधुनिक सुविधा सम्पन्न ‘रोयल जाइका मल्टि कुजिन फेमिली रेष्टुरेन्ट ’ सञ्चालनमा आउने भएको छ । विराटनगर– ९ गुद्री रोडमा रहने सो रेष्टुरेन्ट सोमबारबाट सञ्चालनमा आउने भएको हो ।
रेष्टुरेन्टमा ५० लाख लगानीमा निर्माण भएको सञ्चालनद्वय तनवीर कुरैसी र कर्तव्य चौधरीले जानकारी दिए । आफूले सञ्चालन गर्न लागेको सो रेष्टुरेन्टमा स्वादिष्ट परिकार पाउनुका साथै ग्राहकहरुका लागि आकर्षक र आरामदायी समेत रहने रेष्टुरेन्टका सञ्चालक कुरैसीले बताए ।
उनले विराटनगरमै पहिलो पटक आफूहरुले मुगल खानाका परिकारहरु भित्र्याएको दाबी गरे । ग्राहकहरु रेष्टुरेन्टमा पारिवारिक वातावरणमा रमाउन सक्ने उनको भनाई छ ।
रेष्टुरेन्टमा तावा विर्यानी, चिकेन अंगेरी, चिकन हण्डि, मटन फिल्ला, तावा मसला राईस लगायतका परिकारहरु पाईने उनले बताए । सो रेष्टुरेन्टमा आकर्षक ‘वाटर फल्स’, फ्रि वाईफाईको सुविधाका साथै पर्याप्त पार्किङको पनि सुविधा रहने छ ।