विराटनगरमा बसको ठक्करबाट एकजनाको मृत्यू

१९ कात्तिक ७५, सोमबार

विराटनगर, कात्तिक १९
विराटनगरमा सोमबार विहान सडक दुर्घटनामा एकजनाको ज्यान गएको छ । कोशि राजमार्ग अन्तर्गत इटहरी विराटनगर सडक खण्डको मुनाल पथमा यात्रुवाहक बसले मोटर साईकललाई ठक्कर दिँदा एकजनाको ज्यान गएको हो ।

Advertisement

इटहरीबाट विराटनगर तर्फ आउँदै गरेको ना ५ ख ४५१३ नम्बरको यात्रुबाहक बसले सोहि दिसा तर्फ जाँदै गरेको को १० प ६२५४ नम्बरको मोटर साईकललाई ठक्कर दिँदा गम्भिर घाईते मोटर साईकल चालक विराटनगर–५ का ३८ वर्षिय मनोजकुमार मोदीको विराटनगर स्थित विराट नर्सिङ अस्पतालमा उपचारका क्रममा मृत्यू भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रहरी निरिक्षक शिवकुमार पोखरेलले जानकारी दिए । घटनामा संलग्न बस र त्यसका चालकलाई प्रहरीले नियन्णमा लिएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top