Nepal Times
Nepal Times
3
Shares

आज धन्तेरस, सुनचाँदी र तामाका भाँडा पसलहरुमा भिड

आज धन्तेरस, सुनचाँदी र तामाका भाँडा पसलहरुमा भिड

विराटनगर, कार्तिक १९
आयुर्वेदका प्रवर्तक धनवन्तरीको सम्झनामा आज सोमबार काग तिहारका दिन धवन्तरी दिवस मनाइँदैछ । धवन्तरी दिवसको दिन धातुका सामान किने शुभ हुने विश्वास रहिआएको छ ।

आज विराटनगरमा सुनचाँदी र तामाका भाँडा पसलहरुमा लक्ष्मीको प्रतीक मानेर सामान किन्नेको भीड लागेको छ । धन्तेरसका दिन धन जोडेमा त्यो धन स्थिर हुने शास्त्रमा उल्लेख छ ।

धन्तेरसका दिन किनेको सुन, चाँदी र तामाका सामानहरुलाई लक्ष्मीपूजाका दिन लक्ष्मीको प्रतीक मानेर पूजा गर्ने चलन रही आएको छ । लक्ष्मी माता खुसी भई धनधान्यले सम्पन्न गराउने जनविश्वास छ ।

धन्तेरसका दिन जोडेको सामान लक्ष्मीपूजाका दिन पुज्ने र धनवृद्धि हुने विश्वास रहेको सर्वसाधारणको विश्वास छ । विराटनगरमा धन्तेरसका दिन सुन, चाँदी, तामाका सामान किन्नहरुको केहीदिन अघिदेखि नै घुइँचो बढेको थियो ।

बजारमा सामान किन्नेहरुको भीडसँगै दीपावलीको रौनकता बढेको छ । यता व्यापारीहरु पनि धन्तेरसका दिन अरु दिनको तुलनामा अत्यधिक मात्रामा सामान बिक्री हुने गरेको बताउ“छन् ।

देवता र दानव मिलेर वासुकी नागको नेती र मन्दराचल पर्वतको मदानी बनाई समुद्र मन्थन गर्दा धन्वन्तरीको उत्पत्ति भएको पुराणमा उल्लेख छ । धन्वन्तरी जयन्तीलाई चिकित्सकले शुभ संकल्प तथा शुभकार्य प्रारम्भ गर्ने दिनका रुपमा लिने गरेका छन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.