×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

आज कुकुरतिहार, यस्तो छ आजको दिनको महत्व

२० कार्तिक २०७५

विराटनगर, कात्तिक २०
हिन्दु नेपालीको दोस्रो ठूलो चाड तिहारको दोस्रो दिन मंगलबार कुकुरको पूजा गरी कुकुर तिहार पर्व मनाइँदैछ। घरको सुरक्षा गर्ने कुकुरको पूजा गरी मीठामीठा खानेकुरा खान दिइन्छ।

“कात्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गरी मीठा परिकार खान दिए यमराजको ढोकामा द्वारपालका रुपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो छोडिदिने धार्मिक विश्वासका आधारमा कुकुर तिहार मनाउने गरिएको हो”– नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले भने ।

Advertisement
Advertisement

वैवस्वत मन्वन्तरको कुलमा जन्मिएको कुकुरले धर्मराज युधिष्ठिरलाई स्वर्ग यात्रामा समेत साथ दिएको धार्मिक विश्वास छ । कुकुरलाई आज्ञापालक र सुरक्षामा भरपर्दो घरपालुवा जनावरका रुपमा लिइन्छ। घ्राण क्षमता वा सुँघेर बस्तु चिन्ने क्षमतामा अति शक्तिशाली मानिने कुकुरलाई यमराजको यमदूत वा सहायक मान्ने गरिन्छ ।

मानवबस्तीमा डुल्ने कुकुर पृथ्वीको जुनसुकै हावापानी हुने ठाउँमा रहेको बस्तीमा पाइने मान्छेको पनि सहयोगी जनावर हो । हिमाली खण्डमा कुकुरले जीवजन्तु चराउने चरनमा भेडाबाख्रा रक्षा गर्न सहयोग गरेको पाइन्छ ।

यसले वातावरणको सफाइमा पनि सहयोग गर्छ । नेवारी समुदायमा यस दिनलाई खिचापूजा भन्ने चलन छ । घरमा कुकुर पाल्नाले मुटुको रोग र मधुमेह रोग लाग्दैन भनी विश्वास गर्नेको सङ्ख्यासमेत बढ्न थालेको छ।

मंगलबार नै अरुणोदयकालमा नदी वा तलाउमा गई स्नान गरी नरके नुहाइन्छ। स्नान गरिसकेपछि तर्पण गरेर यमदीप दक्षिण फर्काएर बालिन्छ । यसरी बालेको दीपलाई बगाएमा मृत्युपश्चात् नरकको दर्शन गर्नु नपर्ने धार्मिक विश्वास रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए। यसरी बत्ती बालेर बगाउनुलाई नरके बगाउने पनि भनिन्छ।

यमपञ्चक अर्थात् तिहारका पाँचै दिन बिहानै तिलको तेल लगाएर स्नान गर्ने प्रचलन समेत रहेको छ । यसोगरेमा चिसो शरीरभित्र पस्दैन भन्ने वैज्ञानिक मत रहेको छ ।

Advertisement

तिहारको दोस्रो दिन कुकुर तिहारको साँझ पनि गाउँघर र शहरमा दीपावली गरी बस्तीलाई झकमक पारिन्छ । नगरबस्तीमा तिहारका मूल फूलहरु सयपत्री, मखमली, गोदावरीको माला र राश बनाई बेच्ने किन्ने भीड लाग्दछ । शहरमा तिहारका मालसामानको किनमेल गर्नेको पनि घुइँचो देखिन्छ ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top