रक्सौल–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको ५० प्रतिशत काम सकियो

१९ कात्तिक ७५, मंगलबार

हेटौँडा,कात्तिक २०

रक्सौलदेखि अमलेखगञ्जसम्मको पेट्रोलियम पदार्थको पाइपलाइन बिछ्याउने काम ५० प्रतिशत सकिएको छ । नेपाल आयल निगम पेट्रोलियम पाइपलाइन परियोजनाका अनुसार रक्सौलदेखि अमलेखगञ्जसम्म ३७ दशमलव ३५ किलोमिटर दूरीमा पाइपलाइन बिच्छ्याउने कार्यक्रमअन्तर्गत १९ किलोमिटर पाइपलाइन बिच्छ्याउने काम सम्पन्न भएको हो ।

रक्सौलदेखि अमलेखगञ्जसम्म विभिन्न अवरोध हटाउने काम अन्तिम चरणमा पुगेको र पाइपलाइन विस्तारको काम दूर्तगतिमा भइरहेको परियोजनाका प्रमुख भानुभक्त खनालले जानकारी दिए ।

Advertisement

नेपाल आयल निगमले पाइपलाइन बिछ्याउने बाटोमा पर्सा वन्यजन्तु आरक्षण क्षेत्रमा पर्ने रुख कटान गर्नका लागि वन मन्त्रालयबाट स्वीकृति पाइसकेको र त्यो काम पनि भइरहेको खनालले बताए । रुख कटान गर्ने जिम्मेवारी टिम्बर कर्पोरेशनलाई दिइएको छ भने काटिएका रुखको क्षतिपूर्ति आयल निगमले वन मन्त्रालयलाई दिने सहमति भएको छ ।

सो आरक्षण क्षेत्रबाट करिब पाँच हजार ८८८ रुख काट्ने सहमति भएको बताइएको छ । रुख कटान हुनासाथ एक महीनामा पाइपलाइन बिछ्याउने काम सम्पन्न हुने खनालको भनाइ छ ।

Advertisement

पाइपलाइन विस्तारका लागि आरक्षण क्षेत्रको १० किलोमिटर जङ्गल छ । २०१८ अप्रिलबाट पाइपलाइन बिच्याउने काम शुरु भएको र अवरोध हटेकाले एक महिनामा पूरा हुने खनालको दाबी छ । पाइपलाइन बिछ्याउनका लागि नेपाल र भारतको २७५ करोड भारतीय रुपमा सो पाइपलाइन निर्माण भइरहेको छ ।

भारतको २०० र नेपालको ७५ करोडको लगानीमा २०१४ को मूल्यको लागत अनुमानअनुसार काम भइरहेको हो । उता विहारको मोतिहारीदेखि रक्सौलसम्मको पाइपलाइन विस्तारअन्तर्गत तीन किलोमिटर बनाउन बाँकी रहेको छ ।रासस

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रास्वपाको बन्दसत्रमा के–के हुन्छ ?चुनाव कहिले  ?

727287654_1053636067323777_8135060616549882458_n

पार्टीभित्र तमासा नगर्न रविको चेतावनी,“गुट बनाए सिधै आउट!”

rabi lamichhane chitwan1665312674

दीपक भट्ट–विष्णु पौडेल सम्बन्धको नालीबेली

bishnu poudel

कतार ग्यास फ्याक्ट्री विस्फोटमा १३ जनाको मृत्यु, ६६ घाइते

Screenshot 2026-06-23 143908

नेपालकै नम्बर–१ इन्डिपेन्डेन्ट इलेक्ट्रोनिक्स ब्रान्ड बनेको अल्टिमा लाइफस्टाइलको दाबी

Screenshot 2026-06-23 135710

बालेन सरकारको गर्जनः भ्रष्टाचारका तीन ठूला काण्ड खुले

balen rabi sudan

पूर्वअर्थमन्त्री जनार्दन शर्मालाई पनि पक्राउको तयारी ?

JanardanSharma_20220309143901

अल्जेरियाको सानदार पुनरागमन जित, २–१ले हार्दै जोर्डन बाहिरियो

6b88b911-9c1f-4ff3-b55f-83e6332284bc

विश्वका १ अर्ब मानिस ‘हिट स्ट्रेस’को चपेटामा

garmi

एसयूभी ओरा ५ ईभी नेपाली बजारमा सार्वजनिक, एकपटक चार्ज गर्दा ५२० किलोमिटर

b81d8dd4-e61c-4168-b7a6-d05ae061c6c3

सम्बन्धित समाचार

Scroll to Top