विराटनगरमा आगामी मंसिर १ गते बहुभाषिक कवि सम्मेलन हुने

विराटनगर, कात्तिक २५
आगामी मंसिर १ गते विराटनगरमा इण्डो–नेपाल बहुभाषिक कवि सम्मेलन(मुशायरा) हुने भएको छ । कौमी एकता मञ्च विराटनगरले आउँदो शनिबार इण्डो–नेपाल मुशायराको आयोजना गर्न लागेको हो ।

मुशायरा कार्यक्रममा नेपाली, हिन्दी, उर्दु, मैथिली, भोजपुरी र मारवाडी भाषाका कविहरुले आफ्ना रचनाहरु वाचन गर्ने कार्यक्रम संयोजक जफर अहमद जमालीले जानकारी दिए । नेपाल भारतबीच धार्मिक तथा साँस्कृतिक एकतालाई बलियो बनाउने उद्देश्यका साथ आयोजना गरिने उक्त कार्यक्रममा राष्ट्रिय एकता र नैतिकवान समाज निर्माण गर्ने किसिमका प्रस्तुतिहरु रहने जनाइएको छ ।

स्थानीय भाषा, संस्कृतिको संरक्षण र सम्वद्र्धनको लागि आयोजना हुने कार्यक्रममा भारतका चर्चीत कवियत्री चाँदनी शवनम्, भीवा शुक्ला, कविहरु अकमल बलरामपुरी लगायतले आफ्ना प्रस्तुति दिनेछन् । नेपालबाट सीमा आभास, माया मितु, इम्तियाज वफा, विवस पोखरेल लगायतले नेपाली राष्ट्रियता झल्किने कविताहरु प्रस्तुत गर्ने जनाइएको छ ।

Advertisement

त्यसैगरी मैथिली भाषामा प्रविणनारायण चौधरीले कविता प्रस्तुत गर्ने छन् । कार्यक्रम संयोजक जफर अहमद जमालीले नेपाल–भारतबीच असमझदारी हटाउनुको साथै आपसी भाइचारामा वृद्धि हुने र दुवै देशका संस्कृतिको बारेमा नेपाल र भारतका स्थानीयले बुझ्ने अवसर प्राप्त हुने विश्वास व्यक्त गरे ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top