शेयर बजार : दोहोरो अङ्कको गिरावट

२५ कात्तिक ७५, सोमबार

काठमाडौँ,कात्तिक २५

धितोपत्र बजारमा आज शेयरको मूल्यमा उच्च बिन्दुले गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्जकाअनुसार कारोवार मापक नेप्से परिसूचक १७ दशमलब ३१ बिन्दुले ओरालो लागेर एक हजार २०५ दशमलब २२ बिन्दुमा झरेको छ ।

प्रतिशतका आधारमा १ दशमलब ४२ बिन्दुले बजार घटेको छ । त्यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ४ दशमलब ११ बिन्दुले घटेर २५५ दशमलब ९८ बिन्दुमा पुगेको छ । नेप्से परिसूचकसँगै कारोवार रकममा समेत आज गिरावट आएको छ । कूल १२५ कम्पनीको तीन लाख १४ हजार २९७ कित्ता शेयर रु नौ करोड ९४ लाख ५१ हजार ४८ मूल्यमा खरिद बिक्री भएको थियो ।

Advertisement

कारोवार भएका कूल नौ उपसमूहमध्ये आज दुई उपसमूहको शेयरमा भने वृद्धि भएको छ । वित्त १ दशमलब २५ र अन्य शुन्य दशमलब ७३ बिन्दुले बढ्दा बैङ्किङ २५ दशमलब शुन्य आठ, होटल ३ दशमलब ५८, विकास बैङ्क ६ दशमलब शुन्य पाँच, जलविद्युत् १३ दशमलब २२, निर्जीवन बीमा ४३ दशमलब शुन्य सात, माइक्रोफाइनान्स ३ दशमलब शुन्य आठ र जीवन बीमा २९ दशमलब ११ बिन्दुले ओरालो लागेको छ ।

घटेको बजारमा स्वदेशी लघुवित्त वित्तीय संस्था, माहुली सामुदायिक लघुवित्त वित्तीय संस्थाका शेयरधनीले कमाएका छन् भने अपि पावर कम्पनी, स्ट्याण्र्डड चार्टड बैङ्क र नेपाल सेवा लघुवित्त वित्तीय संस्थाका शेयरधनीले आज गुमाएका छन् ।

Advertisement

स्टकले सञ्चालनमा ल्याएको पूर्ण स्वचालित अनलाइन कारोवार प्रणालीका कारण नेप्सेको बेबसाइटमा समस्या देखिएको छ । नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले नयाँ प्रणाली जडान गर्दा केही समस्या आएको स्वीकार गर्दै प्राविधिक समस्या समाधानका लागि जुटेको जानकारी दिए ।

यस्तै स्टक एक्सचेञ्जमा आजै नेपाल बैङ्क लिमिटेडको एक करोड ७६ लाख ८४ हजार ८५८ कित्ता थप सार्वजनिक निश्काशन(एफपिओ) सूचीकृत भएको छ । स्टककाअनुसार सेञ्चुरी कर्मसियल बैङ्क लिमिटेडको ३८ लाख ३९ हजार ७३० कित्ता बोनस शेयर सूचीकृत भएको छ । यस्तै स्ट्याण्डर्ड चार्टड बैङ्कले आफ्ना शेयरधनीलाई १७ दशमलब ५० प्रतिशत नगद लाभांश दिने जानकारी समेत स्टकलाई गराएको छ ।

रासस

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रास्वपाको बन्दसत्रमा के–के हुन्छ ?चुनाव कहिले  ?

727287654_1053636067323777_8135060616549882458_n

पार्टीभित्र तमासा नगर्न रविको चेतावनी,“गुट बनाए सिधै आउट!”

rabi lamichhane chitwan1665312674

दीपक भट्ट–विष्णु पौडेल सम्बन्धको नालीबेली

bishnu poudel

कतार ग्यास फ्याक्ट्री विस्फोटमा १३ जनाको मृत्यु, ६६ घाइते

Screenshot 2026-06-23 143908

नेपालकै नम्बर–१ इन्डिपेन्डेन्ट इलेक्ट्रोनिक्स ब्रान्ड बनेको अल्टिमा लाइफस्टाइलको दाबी

Screenshot 2026-06-23 135710

बालेन सरकारको गर्जनः भ्रष्टाचारका तीन ठूला काण्ड खुले

balen rabi sudan

पूर्वअर्थमन्त्री जनार्दन शर्मालाई पनि पक्राउको तयारी ?

JanardanSharma_20220309143901

अल्जेरियाको सानदार पुनरागमन जित, २–१ले हार्दै जोर्डन बाहिरियो

6b88b911-9c1f-4ff3-b55f-83e6332284bc

विश्वका १ अर्ब मानिस ‘हिट स्ट्रेस’को चपेटामा

garmi

एसयूभी ओरा ५ ईभी नेपाली बजारमा सार्वजनिक, एकपटक चार्ज गर्दा ५२० किलोमिटर

b81d8dd4-e61c-4168-b7a6-d05ae061c6c3

सम्बन्धित समाचार

Scroll to Top