प्रदेश सरकारको अपरिपक्वता : चार हजार निम्ता बाँडेपछि थाहा पायो ‘खर्ना’

विराटनगर : चार हजार भन्दा बढी निमन्त्रणापत्र बाँडिसकेपछि १ नम्बर प्रदेश सरकारले आज सोमबार गर्ने भनेको छठ पर्व शुभकामना कार्यक्रम दुई दिन पछि सारेको छ ।, यो समाचार आजको उद्घोष दैनिकमा छापिएको छ ।

Advertisement

पहिले तय गरिएको मिति खर्ना बस्ने दिन (निराहार ब्रत) परेपछि सरकारले शुभकामना कार्यक्रम दुई दिन पछि सारेको हो ।प्रदेश सरकारले चार हजार निम्ता पत्र बाँडेपछि पहिले तय गरेको मिति( कात्तिक २६) खर्ना बस्ने दिन परेको चाल पाएको हो ।

१ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राई प्रार्थी उल्लेख भएको निम्तापत्रमा छठ पर्वको अवसरमा हुने साँस्कृतिक तथा जलपान कार्यक्रममा उपस्थितिका लागि आग्रह गरिएको छ ।

Advertisement

ब्रत बस्ने दिन जलपान कार्यक्रम हुन नसक्ने ब्रतालु समुदायका अगुवाले बताएपछि प्रदेश सरकारले मिति सार्नैपर्ने दवाव परेको हो । उक्त कार्यक्रमको संयोजन गरेको सामाजिक विकास मन्त्रालयका एक अधिकृतले जसलाई खुसी पार्न कार्यक्रम गरिएको सोही समुदायका लागि प्रतिकुल भएपछि मिति सार्नुपरेको बताए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top