NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
घुसको अडिओमा ‘बा’, रास्वपाले सोध्यो को हुन् बा ? आइतवार असार २९ , २०८२
स्पेन प्रकरणमा ओलीविरुद्ध अख्तियारमा उजुरी, तत्काल पक्राउ गर्न माग आइतवार असार २९ , २०८२
एयर इन्डिया दुर्घटना थप रहस्यमयः पाइलको संवाद बाहिरियो आइतवार असार २९ , २०८२
राप्रपामा कलहः शक्ति आर्जन गर्ने ज्ञानेन्द्रको चाहाना ब्रेक आइतवार असार २९ , २०८२
पुटिनका हरेक कदममा किमको ’बिना सर्त समर्थन’ आइतवार असार २९ , २०८२
Next
Prev

समाचार

डुलुवा मन्त्री : हरेक महिनाजसो विदेश भ्रमण

सोमवार कार्तिक २६ , २०७५
Reading Time: 1 min read
A A
Advertisement
संघीयता कार्यान्वयनका लागि समृद्धि आवश्यक ः अध्यक्ष यादव
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

काठमाडौं, कात्तिक २६
दशैँ अगाडि विदेशबाट फर्केका उपप्रधान एवं स्वास्थ्य मन्त्री उपेन्द्र यादव यतिबेला फेरीसयरमा निस्केका छन्। मन्त्रालयमा मन्त्रीले समय नदिँदा मन्त्रालयका महत्वपूर्ण कामहरु रोकिएको भन्दै कर्मचारीले गुनासो गरिरहेका बेला तिहार सकिन नपाउँदै मन्त्री यादव फेरी विदेश उडेका हुन् ।

स्वास्थ्य मन्त्री यादव दसैंअघि बेलायत हुँदै जेनेभा पुगेर नेपाल फर्किएका थिए । मंगलबारदेखि कतारमा हुने एक कार्यक्रममा सहभागी हुन यतिबेला कतार गएका छन्। । १५ नोभेम्बरमा मात्र नेपाल फर्किन गरी चार जना मन्त्रालयका कर्मचारीसहित उनी कतार गएका हुन्।

मन्त्री यादवसँगै डा. रोशन पोखरेल, डा सुरेश सुवेदी, रोशनीलक्ष्मी तुइतुइ र मेडिसिटी अस्पतालका सञ्चालक डा उपेन्द्र महतो कतार गएका छन्।यादवको पछिल्लो विदेश भ्रमणको उद्देश्यबारे मन्त्रालयमा जिज्ञासा राख्दा उनका एक निजी सचिवले ‘विस’ नामक संस्थाको आयोजनामा हुने कार्यक्रममा सहभागी हुन त्यता लागेको बताए।

Advertisement

मन्त्रालयका एक कर्मचारीका अनुसार सो कार्यक्रम मानसिक स्वास्थ्य, आँखा स्वास्थ्य र नर्सिङ्ग लगायतका विषयमा केन्द्रित कार्यक्रम हो।गत जेठ १८ गते स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालेका मन्त्री यादव महिनामा कम्तीमा एकपल्ट विदेश पुग्ने गरेका छन्।

संघीय समाजवादी फोरमका अध्यक्षसमेत रहेका यादवको ध्यान मन्त्रालयको काममा भन्दा बढी विदेश भ्रमणमै हुने गरेको मन्त्रालयका कर्मचारीहरुको आरोप छ। यतिबेला संघदेखि स्थानीय तहसम्म स्वास्थ्यका संरचना, कर्मचारी व्यवस्थापन, स्वास्थ्यका राष्ट्रिय कार्यक्रमको विकेन्द्रीकरण, नयाँ स्वास्थ्य नीति निर्माण, भइरहेका नीति–नियम परिमार्जन लगायतका सबै काम कछुवाको गतिमा अघि बढेका छन्।

मन्त्रालय आएको करिब दुई महिनामा पहिलो पटक साउन ९ गते थाइल्यान्डको महिडोल विश्वविद्यालयको कार्यक्रममा सहभागी भएका मन्त्री यादवको विदेश यात्रा त्यसपछि रोकिएको छैन। भदौ ११ र १२ गते भियतनामको हनोई सरहमा भएको कार्यक्रममा गएका उनी त्यसलगत्तै भदौ १८ गते विश्व स्वास्थ्य संठगनको एक हप्ते कार्यक्रममा सहभागी हुन भारत पुगे।

त्यसपछिको उनको भ्रमण संयुक्त राष्ट्र संघको महासभाको कार्यक्रम अमेरिकाको लागि थियो। तर भिसा नपाएपछि सहभागी हुन सकेनन्।अमेरिकामा भएको क्षयरोगसम्बन्धी उक्त कार्यक्रममा मन्त्री सहभागी हुनुपर्ने थियो। आफ्ना छोरालाई समेत लिएर जान खोज्दा दुवैको भिसा नलागेपछि कर्मचारी मात्रै कार्यक्रममा सहभागी भएका थिए।

मन्त्री भएको करिब चार महिनाको अवधिमा यादवको अमेरिका भ्रमण रद्ध भए पनि असोज अन्तिम सातादेखि मंसिरसम्म ५ वटा विदेश भ्रमणको कार्यक्रम तय भइसकेको छ।

उनले आफू सहभागी हुने आगामी कार्यक्रमसमेत तय गरिसकेका छन्। उनी आगामी मंसिर २६ र २७ गते (डिसेम्बर १२ र १३) भारतमा स्वास्थ्यसम्बन्धी विभिन्न कार्यक्रममा सहभागी हुनेछन्।

संघीयता कार्यान्वयनको चरणमा छ। जसले स्थानीय तहदेखि केन्द्रसम्म असहज सिर्जना गरिरहेको छ। एक दिन पनि प्रभावित हुन नहुने स्वास्थ्यका काममा बाधा–अड्चन आइरहेका छन्।

स्वास्थ्य मन्त्रालयको कर्मचारीका तर्फबाट नेतृत्व गर्नुपर्ने सचिवमा समेत अन्योल बढेको बढ्यै छ। सचिव डा पुष्पा चौधरीलाई सरुवा गरिए पनि अदालतको अन्तरिम आदेशबाट उनी फिर्ता भएकी थिइन्। फेरि कामकारबाहीको जिम्मेवारी मन्त्रालयका प्रमुख विशेषज्ञ डा सुशील प्याकुरेललाई दिइएको छ।

विदेश भ्रमणपछि उनको ध्यान कर्मचारीको सरुवामा छ। उनले मन्त्री भएर आएपछि हरेक महिना कुनै न कुनै तहका कर्मचारीको जिम्मेवारी फेरबदल भइरहेको छ। आइतबार मात्रै चार उपसचिवको जिम्मेवारी हेरफेर भएको छ।

स्थायी सरकार भएका कारण यसपल्ट स्वास्थ्य सेवा विस्तार हुने र जनशक्तिको कमीलाई मन्त्रालयले विशेष ध्यान दिने अपेक्षा गरिएको थियो। मन्त्रालयले नियम बनाए पनि राजनीतिक अस्थिरताका कारण कार्यान्वयन गर्न नसकेका थुप्रै नीतिनियम छन्। यसपल्ट बलियो सरकार भएका कारण ती नीतिनियम पनि कार्यान्वयन हुने अपेक्षा गरिएको थियो।

मन्त्री यादवले मन्त्रालयका काममा ध्यान नदिँदा स्वास्थ्य क्षेत्र सुधार हुनेमा कर्मचारीहरु नै शंका गर्न थालेका छन्।

विभिन्न देशमा हुने कार्यक्रमका आयोजकले सकेसम्म मन्त्रीकै उपस्थिति चाहन्छन्। मन्त्रीस्तरीय प्रतिबद्धता बढी प्रभावकारी हुने उनीहरुको अपेक्षा हुन्छ। त्यसैले मन्त्रीलाई पनि निम्तो दिन्छन्। तर, उक्त कार्यक्रमको महत्व भने मन्त्री आफैंले तय गर्नुपर्ने मन्त्रालयका कर्मचारीहरु बताउँछन्।

एकातिर मन्त्रालय जनशक्तिको अभाव झेलिरहेको छ भने अर्कातिर संघीय संरचनाअनुसार कर्मचारी खटाउन नसक्दा धेरै कर्मचारीको काम हाजिर गरेर घर जाने मात्रै भइरहेको छ।

एक कर्मचारीले भने, ‘मन्त्रीज्यू जाने सबै भ्रमण मन्त्रीस्तरीय कार्यक्रमका नै हुन्। उहाँलाई निम्तो आएका हुन् तर प्राथमिकता उहाँले तय गर्नुपर्छ। सबै कार्यक्रमममा सबै देशबाट मन्त्री आउँदैनन्।’महिनामा २–३ पटकसम्म वैदेशिक यात्रामा जाँदा मन्त्रालयका नियमित कामसमेत प्रभावित भइरहेको उनी बताउँछन्।

‘यो समयमा फाजिल कर्मचारीको व्यवस्थापन गर्नुपर्ने, अर्गानोग्राम फाइनल गर्नुपर्नेजस्ता महत्वपूर्ण काम सबै बाँकी नै छन्,’ एक कर्मचारी भन्छन्, ‘यसैगरी संविधानमा उल्लेखित आधारभूत स्वास्थ्य परिभाषित गरी फाइनल गर्नुपर्ने र स्वास्थ्य बीमालाई प्रभावकारी बनाउने विषयमा स्पष्ट खाका तयार गर्नुपर्ने छ। तर, यतातिर मन्त्रीज्यूको ध्यान गएको छैन।’

संघीयतामा स्वास्थ्य संरचना परिवर्तन भई बनेका नयाँ संरचनामा व्यवस्थापन गरिएका कर्मचारीले तलब नपाएको गुनासो गरिरहेका छन्। दरबन्दीअनुसार चिकित्सक पठाइदिन हरेक दिनजसो मन्त्रालयमा निवेदन पर्ने गरेको छ।

यसैगरी मन्त्रालय अन्तर्गतका ठूला स्वास्थ्य संस्थाहरु समेत नेतृत्वविहीन रहेकाले तिनलाई समेत व्यवस्थित गर्नुपर्ने जिम्मेवारी स्वास्थ्य मन्त्रालयमै पुगेको छ। तर, मन्त्री यादवलाई भने यी विषयमा खास चासो नरहेको बुझिएको छ।

स्वास्थ्य सेवाका कर्मचारीहरु यस्ता विभिन्न समस्या लिएर उनीकहाँ पुग्ने गरेका छन्। तर, उनी समस्या समाधानमा अघि सर्नुको सट्टा स्वास्थ्य राज्यमन्त्री डा सुरेन्द्र यादवलाई भेट्न भन्दै पन्छाउँछन्।

जनताका पहुँचमा रहेका स्वास्थ्य संस्था भनेका स्वास्थ्य चौकीहरु हुन्। त्यहाँ एचए र सिअहेबबीच कसले नेतृत्व गर्ने भन्ने विवाद छ। यसका लागि आफ्नो कुरा राख्न गएका एचएहरुलाई आफूले कुरा नबुझेको भन्दै राज्यमन्त्रीलाई भेट्न निर्देशन दिएका थिए। तर, राज्यमन्त्रीको स्तरबाट समस्या समाधान भएन। फेरि उनीहरु मन्त्रीलाई ध्यानाकर्षण गराउन जाँदा उनले भेट्नै नमानेको गुनासो एचएहरुको छ।(नेपाल लाइभबाट)

लोकप्रीय

घुसको अडिओमा ‘बा’, रास्वपाले सोध्यो को हुन्  बा ?

घुसको अडिओमा ‘बा’, रास्वपाले सोध्यो को हुन् बा ?

आइतवार असार २९ , २०८२
प्रधानमन्त्री हिटलर हो ? प्रश्न गर्ने पत्रकारलाई प्रवेश प्रतिबन्ध

स्पेन प्रकरणमा ओलीविरुद्ध अख्तियारमा उजुरी, तत्काल पक्राउ गर्न माग

आइतवार असार २९ , २०८२
एयर इन्डियाका पाइलटलाई नेपाल उडानमा प्रतिबन्ध

एयर इन्डिया दुर्घटना थप रहस्यमयः पाइलको संवाद बाहिरियो

आइतवार असार २९ , २०८२

विचार

घुसको अडिओमा ‘बा’, रास्वपाले सोध्यो को हुन्  बा ?

घुसको अडिओमा ‘बा’, रास्वपाले सोध्यो को हुन् बा ?

आइतवार असार २९ , २०८२
प्रधानमन्त्री हिटलर हो ? प्रश्न गर्ने पत्रकारलाई प्रवेश प्रतिबन्ध

स्पेन प्रकरणमा ओलीविरुद्ध अख्तियारमा उजुरी, तत्काल पक्राउ गर्न माग

आइतवार असार २९ , २०८२
एयर इन्डियाका पाइलटलाई नेपाल उडानमा प्रतिबन्ध

एयर इन्डिया दुर्घटना थप रहस्यमयः पाइलको संवाद बाहिरियो

आइतवार असार २९ , २०८२

थप समाचार

घुसको अडिओमा ‘बा’, रास्वपाले सोध्यो को हुन्  बा ?
ताजा समाचार

घुसको अडिओमा ‘बा’, रास्वपाले सोध्यो को हुन् बा ?

आइतवार असार २९ , २०८२
प्रधानमन्त्री हिटलर हो ? प्रश्न गर्ने पत्रकारलाई प्रवेश प्रतिबन्ध
अन्तर्राष्ट्रिय

स्पेन प्रकरणमा ओलीविरुद्ध अख्तियारमा उजुरी, तत्काल पक्राउ गर्न माग

आइतवार असार २९ , २०८२
एयर इन्डियाका पाइलटलाई नेपाल उडानमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय

एयर इन्डिया दुर्घटना थप रहस्यमयः पाइलको संवाद बाहिरियो

आइतवार असार २९ , २०८२
ओलीको बोली कसले अतिरञ्जित गर्याे ?
ताजा समाचार

राप्रपामा कलहः शक्ति आर्जन गर्ने ज्ञानेन्द्रको चाहाना ब्रेक

आइतवार असार २९ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14
Currently Playing

World News:एकैदिन ११० प्यालेस्टिनी मा*रि*ए, गाजाको ८६% क्षेत्र कब्जा, दशौं हजार विस्थापित

World News:एकैदिन ११० प्यालेस्टिनी मा*रि*ए, गाजाको ८६% क्षेत्र कब्जा, दशौं हजार विस्थापित

00:14:06

World News:Iranले १६ दिनमा ५ लाख अफगानी निकाल्यो, बौद्ध बिहारमा ह*म*ला || Nepal Times

00:16:43

World News: Iranले Uranium निकाल्दै, Israelले फेरि भोकाहरुलाई मा*र्याे || Nepal Times

00:18:24

World News: भारतमा लडाकु विमान दु*र्घट*ना, मलेसिया प्रहरीको हेली समुन्द्रमा खस्यो || Nepal Times

00:14:16

World News: China–Pakistan–Bangladesh गठबन्धन Indiaलाई ख*तरा, Russiaले हान्यो ७२८ ड्रोन

00:13:03

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

विनोद चौधरी संकटमा, सर्वोच्चमा मुद्दा, पार्टीभित्र शेखरसँग वाकयुद्ध

विनोद चौधरी संकटमा, सर्वोच्चमा मुद्दा, पार्टीभित्र शेखरसँग वाकयुद्ध

आइतवार असार २२ , २०८२
महिला फुटबल प्रशिक्षक नफर्किने मुडमा, एन्फाले काम गर्न दिएन

महिला फुटबल प्रशिक्षक नफर्किने मुडमा, एन्फाले काम गर्न दिएन

मङ्लबार असार २४ , २०८२
प्रधानमन्त्री हिटलर हो ? प्रश्न गर्ने पत्रकारलाई प्रवेश प्रतिबन्ध

प्रधानमन्त्री ओलीको स्पेन भ्रमण किन मानव तस्करीसँग जोडियो ?

सोमवार असार २३ , २०८२

हालका पोस्टहरू

घुसको अडिओमा ‘बा’, रास्वपाले सोध्यो को हुन्  बा ?

घुसको अडिओमा ‘बा’, रास्वपाले सोध्यो को हुन् बा ?

आइतवार असार २९ , २०८२
प्रधानमन्त्री हिटलर हो ? प्रश्न गर्ने पत्रकारलाई प्रवेश प्रतिबन्ध

स्पेन प्रकरणमा ओलीविरुद्ध अख्तियारमा उजुरी, तत्काल पक्राउ गर्न माग

आइतवार असार २९ , २०८२
एयर इन्डियाका पाइलटलाई नेपाल उडानमा प्रतिबन्ध

एयर इन्डिया दुर्घटना थप रहस्यमयः पाइलको संवाद बाहिरियो

आइतवार असार २९ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.